सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा अन्दाजी ४५–५० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
Advertisement
मंगलबार दिउँसो प्रहरीले गस्ती गर्ने क्रममा शव फेला पारेको हो। मृतकको पहिचान खुल्न नसके पनि उनको हातको बालामा ‘जगन राउत’ लेखिएको भेटिएको छ। खल्तीबाट भारतीय १० रुपैयाँको नोट र २ रुपैयाँको सिक्का समेत बरामद भएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।