• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • पाटन (ललितपुर), १२ जेठ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेका छन् ।

    Advertisement

    संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले सम्मेलन महिला पशुपालकहरूलाई अधिकारको सम्मान र पहिचान गर्ने सशक्त माध्यम बन्नेछ धारणा राखे ।

    “यो सम्मेलन महिला पशुपालकहरूको आवाज विश्वले सुन्ने माध्यम बनेको छ, सम्मेलनमा हुने प्रत्येक छलफलहरूले दुर्गम र संवेदनशील भूभागहरूमा आफ्‌ना पशुहरूसँग जीवनयापन गरिरहेका महिला, पुरुष र बालबालिकाहरूको वास्तविकतालाई केन्द्रविन्दुमा राखेर छलफलहरूलाई अगाडि बढाइनुपर्छ, पशुपालन जीवनशैलीलाई केवल पशुपालनसँगमात्रै सीमित नभइकन खाद्य प्रणाली जैविक विविधता संरक्षण, पारिस्थितिक संरक्षण, सांस्कृतिक सम्पदा र स्थानीय अर्थतन्त्रसँग गहिरो सम्बन्ध जोडिएको छ, यी प्रणालीहरूलाई ध्यानमा दिएर नीति निर्माण तहमा महिलाहरूको आवाज पर्याप्त रुपमा प्रतिनिधित्व हुन सकिरहेको छैन”, मन्त्री चौधरीले भने ।

    चरण क्षेत्रसम्मका समस्या हाम्रो जीविकोपार्जन प्रणालीका साझा दायित्व हुन भन्दै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय चरनभूमि, उत्पादनशीलता र पशुपालनमा रहेका महिलाहरूको आवाज उठाउनुपर्छ भन्नेमा जोड दिए ।

    “सम्मेलन समयसापेक्ष र अत्यन्तै महत्त्वपूर्ण रहेको छ, महिला पशुपालकहरूको समस्या सुनिनुपर्छ, आगामी पुस्ताको भविष्य सुरक्षित गरिनुपर्छ, यो ज्ञान सिक्ने र अनुभव आदानप्रदान गर्ने एउटा महत्वपूर्ण मञ्च पनि हो, हामीले उठाउने प्रत्येक आवाजलाई दुर्गम र पिछडिएको भूभागका महिला तथा पुरुषहरूलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ”, उनले भने ।

    सरकारले प्राथमिकताका साथ विभिन्न सरोकारमा काम गर्दा महिला पशुपालकहरूले उठाएका सरोकार र बिषयलाई सम्बोधन गर्न सकिन्छ भन्दै नेपालमा दुग्ध क्षेत्रको विकासमा कसरी काम गर्न सकिन्छ भनेर ध्यान दिइरहेका छौँ भने ।

    “नेपालको हिमाली क्षेत्रदेखि मध्यपहाडसम्ममा पशुपालक जीवनशैली प्रमुख जीविकोपार्जन र कतिपय संस्कृतिको अभिन्न हिस्सा बन्दै आएको छ, यहाँका पशुपालकहरूले याक, भेडा, च्याङ्ग्रा तथा अन्य पशुपालनमार्फत पुस्तौँदेखि समुदायको स्थानीय अर्थतन्त्र, खाद्य प्रणाली तथा संस्कृतिक परम्परालाई जोगाइराखेका छन् । यसमा विशेषगरी महिला पशुपालकहरूको महत्वपूर्ण योगदानले अपेक्षित उपलब्धी हासिल गर्न सकेको छैन, महिला पशुपालकहरूको समस्या र चुनौती विश्वभरका साझा समस्या हुन्‌”, उनले भने ।

    उनले राष्ट्रिय योजना र विकासमा पशुपालक महिलाहरूका समस्याहरूलाई समेटेर सरकारले नीतिगत व्यवस्था गर्ने जानकारी गराए । उनले नेपालमा गठन भएको वर्तमान सरकार ऊर्जाशील युवा तथा महिलाहरूको अधिक सहभागिता रहेको जानकारी गराउँदै विकासका साथै दिगो भविष्य निर्माण गर्न नेतृत्व क्रियाशील रहेको जानकारी गराए ।

    संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय चरन क्षेत्र तथा पशुपालक वर्ष सन् २०२६ का सहअध्यक्ष डाक्टर मारिया फर्नान्डेज–गिमेनेजले यो सम्मेलन विश्वव्यापी नेटवर्क स्थापित गर्दै विश्वव्यापी घोषणापत्र जारी गर्न सफल हुने विश्वास व्यक्त गर्दै महिलाहरूको आवाजलाई बुलन्द बनाउन सफल हुने धारणा राखे । उनले यस सम्मेलनले विश्वभरिबाट जम्मा भएका महिला पशुपालकहरूलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास रहेको छ भन्दै यसले आफ्‌नो कथा र दृष्टिकोणलाई परिवर्तन गर्न योगदान पुर्‍याउने प्रष्ट पारे ।

    नेपालका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का आवासीय प्रतिनिधि डाक्टर केन शिमीजुले यो सम्मेलन ऐतिहासिक भएको बताउँदै विश्वव्यापी विविधतालाई एकताबद्ध गर्दै पशुपालक महिलाहरूको क्षमता विकास र नेतृत्व विकासमा सहयोग पुर्‍याउने विस्वास व्यक्त गरे । उनले यो सम्मेलनले सकरात्मक परिवर्तन ल्याउन सफल हुने विश्वास व्यक्त गर्दै लैंगिक उत्तरदायित्व नीतिगत व्यवस्थाका साथै सकरात्मक भविष्यको लागि कोसेढुंगा सावित हुने धारणा राखे ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले महिला पशुपालकहरूका अनुभव, संघर्षको कथाहरूका आधारमा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहका निर्णय प्रक्रिया र नीतिहरूमा पशुपालक महिलाहरूको दृष्टिकोण र प्राथमिकता समावेश गराउन दबाब दिन सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

    आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुने छ । सन् २०१० मा भारतको ‘मेरा’ क्षेत्रमा भएको विश्व सम्मेलनमा पशुपालक महिलाहरूले तयार पारेको दस्तावेजको समीक्षा गर्नु यो सम्मेलनको मुख्य विषय हो । यसले लैंगिक समानता, पशुपालकको अधिकार र वातावरण संरक्षणलाई जोड दिइएको छ ।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • २.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ३.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ४.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ५.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ६.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ७.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ८.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.