• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

रुबियोको सङ्केत : इरान सम्झौता आजै हुन सक्छ


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली, ११ जेठ (रासस/एएफपी) ।

    Advertisement

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यतर्फ लक्षित सम्झौता अझै पनि सोमबार सम्भव रहेको सङ्केत दिँदै वार्ताबाट सकारात्मक परिणाम निस्किन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सम्भावित सहमतिले क्षेत्रीय सामुद्रिक मार्ग खुला राख्ने तथा खाडी क्षेत्रमा स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा पनि राख्नुभयो ।

    भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले सम्भावित सम्झौताबारे अपेक्षा जीवित रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार अमेरिकी पक्षले आइतबार रातिसम्म कुनै प्रगति हुने अनुमान गरेको थियो, तर समय लम्बिँदैमा निष्कर्ष निकाल्न नहुने अवस्था रहेको छ ।

    “हामीले हिजो रातिसम्म केही समाचार आउला भन्ने सोचेका थियौँ, सायद आज पनि आउन सक्छ, म यसलाई धेरै अर्थपूर्ण ढङ्गले हेर्दिनँ”, उहाँले भन्नुभयो ।

    रुबियोले वार्ताको केन्द्रमा समुद्री मार्गहरूको सञ्चालन र सुरक्षा रहेको सङ्केत गर्दै यस विषयमा टेबलमा पर्याप्त ठोस प्रस्तावहरू रहेको बताउनुभयो । भारतीय राजधानीबाट प्रस्थानको तयारीका क्रममा उहाँले पत्रकारहरूसँग कुरा गर्दै खाडी क्षेत्रका धेरै मुलुकले प्रस्तावित पहललाई समर्थन गरेको दाबी गर्नुभयो ।

    उहाँका अनुसार अमेरिका भ्रमण वा संवादका क्रममा सम्पर्कमा आएका अधिकांश देशहरूले यो पहललाई केवल व्यावहारिक मात्र नभई विश्वका लागि आवश्यक कदमका रूपमा बुझेका छन् ।

    रुबियोले इरानले आणविक कार्यक्रमसम्बन्धी विषयमा गम्भीर, अर्थपूर्ण र निश्चित समयसीमाभित्र हुने वार्तामा सहभागी हुने विश्वास पनि व्यक्त गर्नुभयो । भारत भ्रमणको अर्को चरणअन्तर्गत उहाँ उत्तर भारतीय सहर आगरा पुग्ने कार्यक्रम रहेको थियो । आगरामा ताजमहल अवस्थित छ ।

    रुबियोको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएपछि आएको हो । ट्रम्पको उक्त भनाइलाई सम्भावित सम्झौताबारे बढेको अपेक्षा केही संयमित बनाउने प्रयासका रूपमा हेरिएको छ ।

    राष्ट्रपति ट्रम्पको वार्ता रणनीतिबारे टिप्पणी गर्दै रुबियोले उहाँ कुनै पनि हालतमा कमजोर वा असन्तुलित सम्झौतामा सहमत नहुने बताउनुभयो । “उहाँ हतारमा हुनुहुन्न, उहाँले नराम्रो सम्झौता गर्नुहुने छैन र राष्ट्रपतिले नराम्रो सम्झौता स्वीकार गर्नुहुने छैन”, रुबियोले भन्नुभयो ।

    फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्वमा तनाव चुलिएको थियो । त्यसको प्रत्युत्तरमा इरानले क्षेत्रका विभिन्न भागमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । त्यसयता वासिङ्टन र तेहरान अप्रिल ८ देखि युद्धविरामको पालनामा रहेको जनाइएको छ ।

    क्षेत्रीय सुरक्षाबारे आफ्नो धारणा राख्दै रुबियोले इजरायललाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार सधैँ रहने बताउनुभयो । उहाँका अनुसार यदि हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गर्ने वा त्यस्तो आक्रमणको तयारी गर्ने अवस्था सिर्जना हुन्छ भने इजरायलसँग त्यसको प्रतिकार गर्ने वा सम्भावित आक्रमण रोक्ने अधिकार रहन्छ ।

    “इजरायललाई सधैँ आफ्नो रक्षा गर्ने अधिकार छ”, उहाँले भन्नुभयो, “यदि हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गर्न लागेको छ भने इजरायललाई जवाफ दिने वा त्यसलाई रोक्ने पूर्ण अधिकार हुन्छ र यो कुरा युद्धविरामको अवधिमा पनि बुझिएको विषय हो ।”

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • २.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ३.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ४.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ५.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ६.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ७.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ८.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.