• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बेलायतमा जलवायु सङ्कट गहिरिँदै, पूर्वाधार विस्तारमा जोड


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • बेलायत, ७ जेठ (रासस/एएफपी) । हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन् । बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम, विनाशकारी बाढी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढिरहेका छन् । विज्ञहरूका अनुसार मौसमसम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका छन् ।

    Advertisement

    सन् १८८४ देखि तापक्रमको अभिलेख राख्न सुरु भएयता बेलायतका सबैभन्दा तातो पाँच वर्षमध्ये पछिल्ला पाँचमध्ये चार वर्ष परेका छन् । त्यस्तै, अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएका १० वर्ष सबै पछिल्ला दुई दशकभित्रका मात्र रहेका छन् । यसले जलवायु परिवर्तनको गति तीव्र रूपमा बढिरहेको स्पष्ट सङ्केत दिएको वैज्ञानिकहरूले बताएका छन् ।

    बेलायत सरकारलाई जलवायु नीति सम्बन्धी सुझाव दिने जलवायु परिवर्तन समितिले आफ्नो चौथो प्रतिवेदनमा केवल तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास मात्र पर्याप्त नहुने जनाएको छ । समितिका अनुसार अब बेलायतले जलवायु परिवर्तनका प्रत्यक्ष असरहरूको सामना गर्न पूर्वतयारीलाई पनि उच्च प्राथमिकता दिनुपर्छ ।

    सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा विश्वका देशहरूले पृथ्वीको तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने तथा सम्भव भएसम्म १ दशमलव ५ डिग्रीभित्र राख्ने प्रतिबद्धता जनाएका थिए । तर वैज्ञानिकहरूका अनुसार मानव गतिविधिका कारण बढिरहेको हरितगृह ग्यास उत्सर्जनले यो लक्ष्य हासिल गर्न झन् कठिन बनाइरहेको छ ।

    समितिले प्रतिवेदनमार्फत कामदारहरूको सुरक्षाका लागि कार्यस्थलमा अधिकतम तापक्रम सीमा निर्धारण गर्न सरकारलाई सुझाव दिएको छ । अत्यधिक गर्मीका कारण कामदारहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले कानुनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यसैगरी, अत्यधिक गर्मीबाट जोगिन चिस्यान दिने उपकरणहरूको विस्तार गर्न, घर तथा कार्यालयहरूमा ताप नियन्त्रण प्रणाली जडान गर्न, बाढी नियन्त्रणका लागि तटबन्ध तथा सुरक्षा संरचना निर्माण गर्न र पानीको अभाव रोक्न नयाँ जलाशय निर्माणमा लगानी बढाउन सुझाव दिइएको छ ।

    हाल बेलायतमा कार्यस्थलभित्र अधिकतम तापक्रमसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था छैन । समितिले स्पेनको उदाहरण दिँदै त्यहाँ कार्यालयभित्रको तापक्रम २७ डिग्री सेल्सियसभन्दा बढी हुन नपाउने कानुनी प्रावधान रहेको उल्लेख गरेको छ ।

    प्रतिवेदनले जलवायु संकटसँग जुध्न सरकारलाई अझ बढी महत्वाकांक्षी नीति लिन आग्रह गरेको छ । समितिका अनुसार आवश्यक पूर्वाधार निर्माण, बाढी नियन्त्रण, पानी व्यवस्थापन तथा ताप नियन्त्रण प्रणाली विस्तारका लागि सार्वजनिक र निजी क्षेत्रबाट वार्षिक करिब ११ अर्ब पाउन्ड बराबरको लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

    बेलायतले सन् १९९० को तुलनामा सन् २०३५ सम्म हरितगृह ग्यास उत्सर्जन कम्तीमा ८१ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । साथै, यो शताब्दीको मध्यसम्ममा पूर्ण रूपमा कार्बन तटस्थ राष्ट्र बन्ने उद्देश्य पनि तय गरिएको छ ।

    विशेषज्ञहरूले समयमै प्रभावकारी कदम नचालिए भविष्यमा अझ घातक गर्मी, ठूलो बाढी, खाद्य सङ्कट तथा पानी अभावजस्ता समस्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.