• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सडकमा पोखिएको सपनाः सुर्खेत विरेन्द्रनगरको एक आमाको पीडा


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • सुर्खेत विरेन्द्रनगर । सुर्खेत विरेन्द्रनगर बजार आज फेरि चहलपहल मै थियो । सडक किनारमा गाडीहरूको आवाज, मानिसहरूको भीड, व्यापारको हतारो—सबै आ–आफ्‌नै गतिमा दौडिरहेका थिए । तर यही भीडको बीचमा एउटा आमाको सपना भने केही क्षणमै सडकमा पोखियो ।

    Advertisement

    टाढाको गाउँबाट भारी बोकेर आएकी ती महिला आफ्‌नो डोकोभरि काफल लिएर विरेन्द्रनगर आइपुगेकी थिइन् । जंगलका भिर–पाखाबाट टिपिएका ती राताम्य काफल उनका लागि केवल फल थिएनन्, ती त उनका नानी–बाबुको विद्यालय शुल्क थिए, कापी–कलम किन्ने आशा थिए, भोलिको उज्यालो सपना थिए ।

    दिनभरि घाममा पसिना बगाउँदै, “काफल मिठो छ, काफल…” भन्दै बजार घुमेकी ती आमाले सायद सोचेकी थिइन्‌—आजको कमाइले छोराछोरीको अनुहारमा मुस्कान ल्याउनेछ । तर नियतिले अर्कै दृश्य तयार पारेको रहेछ ।

    नगर प्रहरीको टोली आयो । सडक पेटीमा व्यापार गर्न नपाइने नियमको कठोर कार्यान्वयन भयो । नियमको नाममा ती महिलाको डोको उल्टाइयो । केही क्षणमै राताम्य काफल सडकभरि छरिए । धुलोमा मिसिएका ती काफलसँगै एक आमाको मेहनत, आशा र संघर्ष पनि पोखियो ।

    त्यो दृश्य केवल काफल पोखिएको दृश्य थिएन, त्यो गरिबीमाथि शक्तिको कठोर प्रदर्शन थियो । महिलाको अनुहारमा देखिएको विवशता, आँखामा भरिएको आँसु र सडकमा छरिएका काफलहरूले समाजलाई गम्भीर प्रश्न सोधिरहेका थिए— “के नियम लागू गर्ने नाममा मानवीय संवेदना हराउनै पर्ने हो ?”

    सडक किनारमा उभिएका मानिसहरू केही क्षण स्तब्ध भए । कसैले मोबाइल निकालेर तस्वीर खिचे, कसैले सहानुभूति प्रकट गरे । तर ती महिलाको मनभित्र उठेको पीडा कसैले मापन गर्न सकेन ।

    गरिबका सपना प्रायः साना हुन्छन्‌—दुई छाक खाना, छोराछोरीको पढाइ, बिरामी पर्दा औषधि । तर ती साना सपनाहरू पनि कहिलेकाहीँ राज्यका कठोर बुटमुनि यसरी कुल्चिन्छन् कि मानवता आफैं लज्जित हुन्छ ।

     विरेन्द्रनगररको सडकमा पोखिएका ती काफल आज केवल फल होइनन्, ती हाम्रो समाजको संवेदनहीनताको प्रतीक बनेका छन् । के ति काला चस्माले न्यायअन्या छुट्टाई हेर्ला त ? आशा गरौं उज्योलो देखोस् ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.