• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • सियोल, ५ जेठ (रासस/एपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइचीबीच मङ्गलबार हुने शिखर वार्ताले पूर्वी एसियाली कूटनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ । भूराजनीतिक तनाव, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र अमेरिका–चीन प्रतिस्पर्धाबीच दुवै नेताले सहकार्यलाई अझ गहिरो बनाउने सङ्केत दिनुभएको छ । करिब छ महिनाको अवधिमा दुई नेताबीच हुन लागेको यो चौथो भेटलाई दक्षिण कोरिया–जापान सम्बन्धको नयाँ अध्यायका रूपमा हेरिएको छ ।

    Advertisement

    यसपटक राष्ट्रपति लीले आफ्नो गृहनगर अन्डोङमा जापानी प्रधानमन्त्री ताकाइचीको स्वागत गर्ने कार्यक्रम तय भएको छ । दक्षिणपूर्वी दक्षिण कोरियामा रहेको अन्डोङ शताब्दीयौँ पुरानो परम्परागत लोक गाउँका कारण परिचित छ, जसलाई युनेस्को विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ । यसअघि गत जनवरीमा दुवै नेताले जापानको प्राचीन राजधानी नारा सहरमा भेटवार्ता गरेका थिए । नारा सहर ताकाइचीको गृहनगर हो ।

    दुई देशका वर्तमान नेताले एकअर्काको गृहनगर भ्रमण गरेको यो पहिलो अवसर भएकाले पनि यो भेटलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले शिखर सम्मेलनले दुई नेताबीचको व्यक्तिगत विश्वास र राजनीतिक समझदारीलाई थप मजबुत बनाउने अपेक्षा गरेको जनाएको छ ।

    प्रधानमन्त्री ताकाइचीले मङ्गलबार बिहान पत्रकारहरूसँग कुरा गर्दै मध्यपूर्व र हिन्द–प्रशान्त क्षेत्रमा विकसित भइरहेका गम्भीर भूराजनीतिक अवस्थाबीच दक्षिण कोरिया र जापानबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताउनुभयो । उहाँले ऊर्जा, अर्थतन्त्र, क्षेत्रीय सुरक्षा र आपूर्ति शृङ्खला जस्ता विषयमा दुवै देशको सहकार्य अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो ।

    शिखर सम्मेलनको औपचारिक एजेन्डामा आर्थिक तथा ऊर्जा सहकार्य, इरान युद्धको प्रभाव, आपूर्ति शृङ्खला सुरक्षा र द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासका विषय समेटिएका छन् । हाल दुवै देशबीच कुनै गम्भीर विवाद सतहमा नरहेको भन्दै विश्लेषकहरूले वार्ता सकारात्मक वातावरणमा अघि बढ्ने अनुमान गरेका छन् ।

    सियोलस्थित आसन इन्स्टिच्युट फर पोलिसी स्टडीजकी जापान विशेषज्ञ चोई युनमीका अनुसार दक्षिण कोरिया र जापानले अहिले विवादभन्दा सहकार्यलाई प्राथमिकतामा राखेका छन् । उहाँले विगतजस्तै निरन्तर उतारचढावपूर्ण सम्बन्ध दुवै देशका लागि अब उपयोगी नहुने निष्कर्षमा नेतृत्व पुगेको बताउनुभयो ।

    दक्षिण कोरिया र जापान दुवै अमेरिकाका प्रमुख सहयोगी राष्ट्र हुन् । तर दोस्रो विश्वयुद्धअघि कोरियाली प्रायद्वीपमाथि जापानले गरेको ३५ वर्षे औपनिवेशिक शासनका कारण दुई देशबीच लामो समयसम्म अविश्वास र तनाव कायम रहँदै आएको थियो । विशेषगरी जबरजस्ती श्रम, यौन दासता र ऐतिहासिक स्मृतिसँग जोडिएका विषयले सम्बन्धलाई पटक–पटक असहज बनाएको थियो ।

    सन् २०२३ पछि भने दुवै देशका तत्कालीन नेतृत्वले इतिहासजन्य विवादलाई पछाडि पार्दै सुरक्षा र आर्थिक सहकार्यलाई अगाडि बढाउने नीति अपनाएका थिए । अमेरिका–चीन रणनीतिक प्रतिस्पर्धा, उत्तर कोरियाको बढ्दो आणविक कार्यक्रम, विश्वव्यापी आपूर्ति शृङ्खला सङ्कट र आर्थिक अस्थिरतालाई साझा चुनौतीका रूपमा लिएपछि सियोल र टोकियोबीच सम्बन्ध सुधार हुन थालेको विश्लेषण गरिएको छ ।

    गत वर्ष ली र ताकाइची नयाँ नेताका रूपमा उदाएपछि प्रारम्भमा केही चिन्ता देखिएको थियो । दक्षिणपन्थी सुरक्षा धारका नेताका रूपमा चिनिने ताकाइची र राजनीतिक रूपमा उदार मानिने लीबीच विदेश नीतिमा दूरी आउन सक्ने अनुमान गरिएको थियो । ली चीन र उत्तर कोरियातर्फ झुक्न सक्ने तथा जापान र अमेरिकासँग दूरी बढ्न सक्ने अड्कलबाजी पनि गरिएको थियो । तर व्यवहारमा भने दुवै नेताले सहकार्यलाई निरन्तरता दिएका छन् ।

    गत अगस्टमा ताकाइची प्रधानमन्त्री बन्नुअघि नै राष्ट्रपति लीले जापानलाई आफ्नो पहिलो द्विपक्षीय भ्रमणको गन्तव्य बनाउँदै नयाँ सङ्केत दिनुभएको थियो । जनवरीमा नारामा भएको भेटवार्तापछि दुवै नेताले साङ्गीतिक जाम सेसनमा सहभागी हुँदै के–पप समूह बीटीएसको चर्चित गीत ‘डायनामाइट’ मा ड्रमसमेत बजाउनुभएको थियो । कलेज जीवनमा ड्रमर रहनुभएकी ताकाइची हेभी मेटल सङ्गीतको पारखी मानिनुहुन्छ ।

    राष्ट्रप्रमुखहरूले परम्परागत राजनीतिज्ञभन्दा फरक ढङ्गले व्यवहार गर्न सक्नुपर्छ भन्ने साझा सोच आफूहरूमा रहेको राष्ट्रपति लीले यसअघि बताउनुभएको थियो ।

    विश्लेषकहरूका अनुसार अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिले पनि दक्षिण कोरिया र जापानलाई नजिक ल्याइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका–फर्स्ट’ नीतिले सुरक्षा र व्यापार क्षेत्रमा अनिश्चितता बढाएको छ भने इरान युद्धले विश्व अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ । यही कारण दुवै देशले अमेरिकामा सयौँ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जनाए पनि वासिङ्टनप्रतिको भरोसामा केही प्रश्न उठ्न थालेका छन् ।

    यद्यपि सियोल–टोकियो सम्बन्ध अझै संवेदनशील नै रहेको विज्ञहरू बताउँछन् । जापानी औपनिवेशिक शासनकालमा कोरियालीहरूलाई जबरजस्ती श्रमिक र यौन दासका रूपमा प्रयोग गरिएको विषय पूर्ण रूपमा समाधान नभएकाले भविष्यमा फेरि तनाव उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । अहिले दुवै सरकारले ती विवादास्पद विषयलाई सार्वजनिक बहसबाट टाढा राख्दै सम्बन्ध सुधारको वातावरण जोगाउने प्रयास गरिरहेका छन् ।

    विशेषज्ञ चोई युनमीका अनुसार दुवै देशले विगतका विवाद फेरि दोहोरिन नदिन दीर्घकालीन समाधानबारे खुला छलफल भने अझै गरेका छैनन् । उहाँले ती विषय पुनः कहिले सतहमा आउँछन् भन्ने अनिश्चितता अझै कायम रहेको बताउनुभयो ।

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.