काठमाडौँ । पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब एक घण्टापछि सुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदम्बेले आफ्ना धारणा राख्नुभएको छ ।
Advertisement
यसबारे सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए । सभामुखले आजको कार्यसूचीमा प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको र रुलिङ नगर्ने संकेत गरेपछि कांग्रेसका सांसदहरूले उठेर सदन अवरोध जारी राखेका छन् ।