• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बाढी पहिरो पीडितको उद्धार र राहतमा खटिन कार्यकर्तालाई केसीको निर्देशन


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोमा परी समस्यामा परेका नागरिकको उद्धार तथा राहत कार्यमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन दिनुभएको छ ।

    Advertisement

    बुधबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले केही दिनदेखिको अविरल वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानका कारण मानिसहरु पीडित भएको उल्लेख गर्दै उद्धार र राहतमा खट्न निर्देशन दिनुभएको हो ।

    अध्यक्ष केसीले जोखिम युक्त ठाउँका घर बस्तिहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र छरिएर रहेका घर बस्तीहरुका लागि एकीकृत ग्रामीण बस्ती विकास गर्नुपर्ने पुनः दोहोर्‍याउनुभएको छ ।

    तराईमा भारतीय बाँधहरुका कारण बस्ती डुबानमा पर्ने गरेको भन्दै उहाँले भारतले सिमानामा बनाएका बाँध तथा सडक हटाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

    यस्तो छ वक्तव्य :
    गत केही दिनको अविरल वर्षाका कारणले देशमा फेरि बाढी, पहिरो, डुबान तथा नदी कटान भई जन– धनको क्षति भएको छ । बाग्लुङ जिल्लाको तमानखोला र निसीखोलामा पहिरोमा परी केही व्यक्तिहरुको मृत्यु भएको छ भने केही व्यक्तिहरु घाइते भएका छन् । उनीहरुको घर, गोठ तथा जमिनको पनि क्षति भएको छ । कालीकोटमा पनि पहिरोमा परी मानिसहरुको मृत्यु भएको छ । केही समय अगाडि पनि पहिरोमा परी पहाडी जिल्लाहरुमा जन– धनको क्षति भएको थियो । कैलाली जिल्लाको पश्चिम तर्फका क्षेत्र जलमग्न भएका छन् । कोशी नदीको बाढीले सप्तरी जिल्लामा नदी कटान तथा डुबान बढ्दै गएर बस्ती तथा खेतीयोग्य जमिनमा लगाएको बाली नष्ट हुने जोखिम बढेको छ ।

    भारतले सीमा नजिकै बनाएको बाँधले नदीको प्राकृतिक प्रवाहलाई रोेकेको कारणले कपिलवस्तुमा पनि डुबानको समस्या उत्पन्न भएको छ । बर्दिया र दाङमा पनि नदी कटान र बाढीको समस्या छ । पहिरोमा परेर मृत्यु भएका मानिसहरुप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना तथा उनीहरुका आफन्तजनहरुप्रति समवेदना प्रकट गर्दछौँ ।

    पहिरोमा परेर मृत्यु हुनेहरुको आर्थिक अवस्था एकदम कमजोर छ । वर्षाकाल र खेतीपातिको बेला छ । यति बेला परिवारमा मृत्यु हुने र घर तथा जग्गा नोक्सान हुँदा उनीहरुमाथि ठूलो समस्या उत्पन्न भएको छ । तराईको सिमावर्ती क्षेत्रमा भएको डुबान तथा कतिपय स्थानमा नदी कटानको समस्या छ । हामीले उक्त समस्याहरुमा परेका परिवारलाई उचित राहत दिन र छिटो उद्धार कार्य गर्न सरकारसँग माग गर्दछौँ । अहिले हाम्रो प्राकृतिक विपद राहत कोषमा पैसा छैन । त्यसको लागि सहयोग संकलन गर्न पनि अनुकूल स्थिति छैन । त्यसकारण, ती घटना भएका ठाउँहरुमा सम्बन्धित पार्टी समिति तथा सदस्य साथीहरुलाई समस्यामा परेकाहरुलाई राहत वा उद्धार कार्यमा लाग्न हामीले अनुरोध गर्दछौँ ।

    नेपालमा यसप्रकारको बाढी, पहिरो, डुबान तथा नदी कटानको समस्या प्रायः वर्षेनी हुने गर्दछ र जन– धनको क्षति हुने गरेको छ । त्यसप्रकारका जोखिम युक्त ठाउँका घर बस्तिहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र छरिएर रहेका घर बस्तीहरुका लागि एकीकृत ग्रामीण बस्ती विकास गर्न हामीले धेरै अगाडिदेखि नै जोड दिँदै आएका छौँ । जोखिमयुक्त तथा छरिएर रहेका घर बस्तीहरुको पहिचान गर्न कुनै समस्या छैन ।

    त्यसप्रकारको एकीकृत ग्रामिण बस्तीको विकासले एकातिर यसरी वर्षेनी हुने ठूलो जन– धनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर ती क्षेत्रमा हुने भौतिक संरचना जस्तो सडक, पानी, बिजुली, विद्यालय, अस्पताल इत्यादिमा हुने ठूलो खर्चको पनि बचत हुन्छ । ती क्षेत्रमा प्रायः बिपन्न वर्गको बसाई छ ।

    उनीहरुको लागि सामाजिक न्याय र मानवअधिकार पनि प्राप्त हुनेछ । सरकारले दीर्घकालीन रुपले सहरी विकास योजना ल्याएको छ । तर त्यो योजनाले हामीले माथि उठाएका कुराको सम्बोधन हुन सक्दैन । त्यसकारण, उपयुक्त प्रकारको एकीकृत ग्रामीण बस्ती विकास गर्न र जोखिमयुक्त वा छरिएर रहेका घरबस्ती स्थानान्तरण गर्ने योजना ल्याउन सरकारसँग माग गर्दछौँ ।’

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.