खिमराज चालीसे
Advertisement
विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरूमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं महिला क्षेत्रीय सदस्य कमला पाण्डे महिला क्षेत्रीय सदस्य सबिता शर्मा खनाल, बल बहादुर राना, उषा जिसी, राम कुमार रसाईली, प्रेम कला बराल, सोरु राना, पारस शर्मा र शान्ति देवी लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम लोक बहादुर पाण्डेको अध्यक्षतामा तथा राजु बिसीको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरूलाई राम बहादुर रानाले स्वागत गर्नुभएको थियो ।