खिमराज चालीसे
Advertisement
संगरुर । भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति संगरुरको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास र महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरूमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य रामजी खनाल, नगर कोषाध्यक्ष रामजी भुसाल, महिला विभागकी सिता आचार्य, रिना भुसाल लगाएतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम लक्ष्मी बिष्टको अध्यक्षतामा तथा रामप्रसाद खनालको सञ्चालन र नारायण भुसालको स्वागत मन्तव्यबाट शुरुभएको थियो ।