लोकेन्द्र पौडेल
दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा १३७औँ श्रमिक दिवस सम्पन्न पारिएको छ ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्र समितिका सदस्य धर्म पहरी, दक्षिण भारत महिला क्षेत्रीय बिभागका सदस्य दुरा पहरी, नगर समितिका सदस्य निर्मला दाहाल, नगर महिला बिभागका सदस्य मिना खत्रीले पनि आ– आफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नगर समितिका सचिव तिलक केसी अध्यक्षता नगर समितिका अध्यक्ष ओम बहादुर दाहालले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरूलाई नगर समितिका सदस्य सिता कुँवरले स्वागत गर्नुभएको थियो ।