खिमराज चालीसे
बठिंडा । भारतको पंजाब राज्यको बठिंडामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिंडाको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक मनाईएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नर बहादुर ओलीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मजदुर दिवसको इतिहास र नेपाली श्रमजीवी वर्गको वर्तमान अवस्थाको सम्बन्धमा आफ्नो विचार राख्दै इतिहासमा वीर सहिदहरूको वलिदानी पुर्ण संघर्षबाट प्राप्त अधिकारहरू पुनः खोसिदै गएको र ट्रेड युनियन अधिकारहरू सिमित हुँदै गइरहेको वर्तमान अवस्था मजदुर संघर्षलाई पनि पुनर्गठन गरी नयाँ परिवेश अनुसारको संघर्षको आवस्यकता रहेको उल्लेख गर्नुभयो ।
सो सभामा चन्द्र प्रसाद भुषाल, खिमा खड्काले पनि आ–आफ्नो विचार राख्नु भएको थियोे ।
कार्यक्रम नारायण केसीको अध्यक्षता तथा गणेश पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरूलाई माया ओलीले स्वागत गर्नुभएको थियो ।