काठमाडौँ । प्रगतिशील लेखक संघ, वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा सिन्धुपाल्चोकको सुकुटेमा काव्य विमर्श कार्यक्रम हुने भएको छ । वैशाख १९ र २० गते सम्पन्न हुने सुकुटे कविता साँझ कार्यक्रममा देशका चर्चित कवि तथा साहित्यकारहरूको उपस्थिति समेत हुनेछ ।
विभागको ८५औँ विचार चौतारी शृङ्खला अन्तरगत हुन लागेको यो कार्यक्रममा प्रलेस, नेपालका पूर्व अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभाग प्रमुख बाबा बस्नेतको विशिष्ट आतिथ्यतामा रहनेछ ।
कार्यक्रममा देशका चर्चित साहित्यकारहरूका साथै सिन्धुपाल्चोक स्थानीय कविहरूको समेत उपस्थिति हुनेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, काव्य विभाग तथा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ, सिन्धुपाल्चोकको सहकार्यमा सम्पन्न हुन लागेको कार्यक्रममा प्रगतिशील कवि तथा साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, डा.बिन्दु शर्मा, सुशीला प्रधानाङ्ग, गोपाल बराल, डा.अमृता शर्मा, डा.कृष्ण सुवेदी, दिनेश दुलाल, अच्युत घिमिरे, डा.बालचन्द्र मिश्र, नमुना शर्मा, सुभाष जि.सी., भक्त वि.क., सिर्जना सरोवर, वासु पौडेल, रमेश दाहाल, सुधा मैनाली, प्रकाश किरण, कर्ण दयाल सोडारी, डा.प्रतिभा पुन, यदुनाथ बसन्तपुरे, सगर सुवेदी, सुमन थापा सङ्गम, पार्वती राउत लगायतको उपस्थिति हुने विभाग संयोजक समीर सिंहले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले भाटेकोशीमा र्याफ्टीङमा समेत हुने तथा यस प्रकारको साहित्यिक कार्यक्रमले स्थानीय पर्यटनको प्रवद्र्धनमा थप सहयोग पुग्ने पर्यटन व्यवसायिहरूको धारणा छ ।