कञ्चनपुर । बेलौरी नगरपालिका ८ निवासी रुपसिंह चौधरीको निधन भएको छ । उनको किडनी, कलेजो र फोक्सोमा समस्याका कारण भारतको राममुर्ति मेडिकल कलेज भोजिपुरामा उपाचार गराउँदै आएका थिए ।
Advertisement
चौधरीको यहि २०८३ बैशाख १५ गते राती उपचार कै क्रममा निधन भएको थियो ।
उनले २०५४ सालदेखि अबिचलित रुपमा रास्ट्रिय जनमोर्चामा कामगर्दै आएका थिए । पार्टीप्रति आस्थावान रहि हरेक चुनौतीको सामना गर्नसक्ने निडर तथा सरल र सादा जीवन भएका अत्यन्तै सामाजिक ब्यक्तित्वको धनी रुपसिंह चौधरीको निधन भएको छ ।

