• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • डुम्रे (तनहुँ) । हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुख्र्यौली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन् । उनीहरु प्रविधिको विकाससँगै आफूमा भएको सीपको उपयोग छाडेर रोजगारीका निम्ति विदेश जान आतुर हुन्छन् । तर, तनहुँका भुजेल समुदायले परम्परागत पुख्र्यौली सीपलाई आज पनि जीविकोपार्जनको आधार बनाइरहेका छन् ।

    Advertisement

    भुजेल समुदायका युवादेखि ज्येष्ठ नागरिकले पुख्र्यौली सीपका रुपमा बाँसका हस्तकलालाई आयका रुपमा उपयोग गर्दै आएका छन् । यी समुदायका प्रत्येक व्यक्ति सीपयुक्त छन् । बाँसका हस्तकला निर्माण गरी बिक्री गर्दै आफ्नो आम्दानी गरी जीविका चलाउँदै आएको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका सावित्री भुजेल बताउनुहुन्छ ।

    “हाम्रो समुदायका बालबालिकादेखि नै पुख्र्यौली सीप सिकेका हुन्छौँ । सिक्नुपर्छ भनेर बालबालिका तथा युवालाई प्रोत्साहन गर्दै पनि आएका छौँ”, उहाँ भन्नुहुन्छ, “पुस्ता हस्तान्तरण गर्न थालेका छौँ ।” हाम्रो समुदायका पुरुष वैदेशिक रोजगारी तथा अन्य पेसामा समावेश भए पनि महिला भने पुख्र्यौली सीपबाट आत्मनिर्भर बनेका उहाँको भनाइ छ ।

    “महिलाको कमाइले घरपरिवार चलाउन सहज भएको छ, पुरुषको कमाइ केही भए पनि बचत गर्न सकिएको छ । यसबाट सङ्कटका बेला सघाउ पुग्छ ।” पहिलाको जस्तो माग नभए पनि हालसम्म आम्दानीको मुख्य स्रोत हाम्रो हस्तकला नै भएको सावित्री बताउनुहुन्छ ।

    अन्य पेसामा आबद्ध भएका भुजेल समुदायका व्यक्ति पनि हस्तकला निर्माणको सीपमा भने पोख्त हुने गरेका छन् । उनीहरुले निर्माण गरेको नाङ्लो, थुम्से, डोको, कुच्चो, डालो, नाम्लोलगायतका बाँसका सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन् । यसबाट घरपरिवारको आवश्यकता पूरा गर्न सहयोग पुगेको छ ।

    आँबुखैरेनी–१ एक्लेफाँटका इन्द्र भुजेल सानैमा सिकेको सीपले अहिलेसम्म आम्दानी गरिरहेको बताउनुहुन्छ । “हामीले बनाएका सामानको पहिला खासै मूल्य हुँदैनथ्यो । अहिले उचित मूल्य पाएका छौँ”, उहाँ भन्नुहुन्छ, “आम्दानीबाट घर चलाउन सजिलो भएको छ ।” सामान बिक्री गर्न पहिला जस्तो दुःख गर्नु नपरेको इन्द्र बताउनुहुन्छ ।

    “पहिला सामान बोकेर बेच्न पुग्थ्यौँ, अहिले गाडी गाउँमै लिन आइपुग्छ । त्यसैले हस्तकलाका सामान उत्पादन गर्न उत्साहित छौँ ।” सरकारले सीपको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पु¥याए देशकै आम्दानीमा टेवा पुग्ने उहाँको भनाइ छ । सकेसम्म मागअनुसारको सामान बनाउने कोशिस गरिहेको इन्द्रले बताउनुभयो । अधिकांश कच्चा पदार्थ दमौलीबाट ल्याउने गरिएको उहाँ बताउनुहुन्छ ।

    उचित नीति, प्रवद्र्धन र बजार व्यवस्थापन भएमा यस पेसाले ग्रामीण अर्थतन्त्रलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । पछिल्ला वर्षमा बजारको पहुँच विस्तार, पर्यटनको वृद्धिसँगै बाँसबाट बनेका सामग्रीको माग बढ्दा यस पेसाले समुदायको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । जिल्लाका आँबुखैरेनी, बन्दीपुर, देवघाटलगायत भुजेल समुदायका व्यक्तिले निर्माण गरेका सामग्री बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँ तथा चितवन, काठमाडौँ, पोखरा, नेपालगन्ज, बुटवल, वीरगञ्जलगायत ठाउँमा लैजाने गरिएको छ ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.