• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रौतहतमा आधा दर्जन पुल अलपत्र


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ ।

    Advertisement

    ठेकेदार कम्पनीको लापरबाहीका कारण चार वटा ठूलासहित आधा दर्जनभन्दा बढी पक्की पुल बन्न सकेका छैनन् । सो क्षेत्रका सांसद रवीन्द्र पटेलले अलपत्र पारिएको ती पुलको बुधबार निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिनुकासाथै स्थानीयवासीसँग छलफल गर्नुभएको थियो ।

    लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै उहाँले अब यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने वा के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्नेबारे तत्काल निर्णय लिन सरकारको ध्यानाकर्षण गराउँछौँ ।” सांसद पटेलले जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौँ भन्दै यसको चाँडै निकास हुनुपर्नेमा जोड दिनुभयो ।

    निर्माण कम्पनीका ठेकेदारलाई पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न उहाँले निर्देशन पनि दिनुभयो । सांसद पटेलले विशेषगरी वर्षायाममा पुल नहुँदा खोला तर्नुपर्ने बाध्यता, दुर्घटनाको जोखिम र जनधनको क्षतिलाई गम्भीर विषयका रूपमा उठाउँदै निर्माण कम्पनीलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब कुनै पनि बहाना हुँदैन, परिणाम देखिने गरी काम गर्नुपर्छ, थपिएको तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेमा ठेक्का रद्द गरेर निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”

    दुवैतर्फ सडक ट्र्याक खुले पनि ठेकेदार कम्पनीले पुल निर्माणको काम अलपत्र पार्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

    गुजरा नगरपालिका–१ कोठियारमा रहेको कोठियार–ब्रह्मटोल, रङ्गपुरस्थित लमहा (गुजरा) खोला पुलको ठेक्का सम्झौता भएर २०७३ सालबाट निर्माण सुरु भएको थियो । सो पुलको प्रगति हालसम्म ५० प्रतिशत मात्रै रहेको छ । तीन स्पानको सुपर स्ट्रक्चर निर्माण सम्पन्न भए पनि एक्स्पान्सन जोइन्ट, एप्रोच सडक र रेलिङको काम अझै बाँकी छ ।

    यस्तै पिपरियास्थित तरही खोला पुलमा करिब ४५ प्रतिशत मात्र प्रगति भएको छ । सब–स्ट्रक्चर निर्माण सकिए पनि सुपर स्ट्रक्चरको काम सुरु हुन सकेको छैन । विश्व बैंकको सहयोगमा निर्माणाधीन हर्साहा चोक–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने नमाहा खोला पुलको प्रगति पनि हालसम्म ४५ प्रतिशतमै सीमित रहेको छ । सो पुलको निर्माण कार्य २०७३ सालमा सुरु भई २०८० असारमै सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो ।

    यसैगरी, बालचनपुर–जङ्गलसैया सडकअन्तर्गतको लमहा नदी पुलमा भने तुलनात्मक रूपमा सकारात्मक प्रगति देखिएको छ । सो पुलको निर्माण कार्य २०७८ मा सुरु भएको र हालसम्मको प्रगति भने ५३ प्रतिशत रहेको छ । सो पुल निर्माण कार्य विसं २०८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.