काठमाडौं। भारतीय भूभागलाई पाकिस्तानको क्षेत्रमा देखाएपछि उत्पन्न विवाद र आलोचनाका कारण नेपाल एयरलाइन्सले माफी मागेको छ । एयरलाइन्सले सामाजिक सञ्जालमा राखेको नक्सामा भारतीय भूभागलाई पाकिस्तानको क्षेत्रमा देखाएपछि माफी मागेको हो । साथै उक्त सामग्री समेत हटाएको छ ।
Advertisement
एयरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत एउटा प्रवर्धनात्मक सामग्री पोस्ट गर्ने क्रममा प्रयोग गरिएको नक्सामा गम्भीर प्राविधिक त्रुटि देखिएको थियो । उक्त नक्सामा जम्मु र कश्मीर लगायतका भारतीय भूभागहरूलाई पाकिस्तानको नक्साभित्र समेटिएको देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको कडा विरोध गरेका थिए ।


