• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या


  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १५ वैशाख । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ ।

    Advertisement

    सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि सङ्घीय राजधानीबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका लागि छुट्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् ।

    काठमाडौँमा व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सोह्रखुट्टे सडकबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । करिब तीन दशकदेखि कान्तिपथ सडकबाट गुड्दै आएका पर्यटक बस २०७५ सालदेखि सोह्रखुट्टे सडकमै पार्किङ गरी सञ्चालन हुँदै आएका छन् ।

    टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का भीष्म न्यौपाने पर्यटक बस पार्किङ तथा सञ्चालनका लागि टिवानले लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताउँछन् । “पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ तर उनहरूले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन”, उन भन्छन् । पर्यटकका लागि प्रभावकारी बस टर्मिनल अभावकै कारण पर्यटक सवारीसाधनलाई सहरका विभिन्न स्थानमा जथाभावी पार्किङ र रोकिनुपर्ने परिस्थितिले पर्यटकले समेत नकारात्मक अनुभव बटुल्न बाध्य भएका छन् ।

    त्यसैगरी पोखरामा सञ्चालित पर्यटक बसपार्कसमेत अव्यवस्थित हुँदा पर्यटकलाई समस्या परेको अध्यक्ष न्यौपाने बताउँछन् । पर्यटक सवारीसाधनको स्पष्ट पहिचान र कार्य वर्गीकरण नहुँदा थप चुनौती थपिएको उनको भनाइ छ ।

    हाल प्रचलित यातायात ऐन तथा पर्यटनसम्बन्धी ऐनबीच आवश्यक समन्वय र स्पष्टता नहुँदा पर्यटक सवारीसाधन सञ्चालनमा नीतिगत अन्योलता देखिएको छ । नेपालको पर्यटन उद्योगलाई टिकाउ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सक्षम, सुरक्षित, सुविधासम्पन्न र पहिचानयुक्त पर्यटन यातायात पूर्वाधार आवश्यक रहेको टिवानले जनाएको छ ।

    काठमाडौँ महानगरपालिकाले पछिल्लो समय काठमाडौँभित्र अव्यवस्थित रूपमा पार्किङ भई सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरको निर्णयसँगै गत हप्तादेखि माछापोखरी, बालाजु क्षेत्रबाट अवैध रूपमा सञ्चालन हुँदै नुवाकोट, रसुवा र धादिङ चल्ने सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।

    टिवानका अध्यक्ष न्यौपाने पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको बताउँछन् । पर्यटक बसपार्क लागि छुट्टै ॅपिक एन्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको उनको भनाइ छ । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान नदिएको अध्यक्ष न्यौपाने बताउँछन् ।

    नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नाट्टाले लामो समयदेखि आधुनिक र सुविधासम्पन्न पर्यटक बसपार्कको आवाज उठाउँदै आए पनि उक्त कुराको सुनुवाइ हुन नसकेको बताए ।

    हाल काठमाडौँबाट पोखरा र चितवनको सौराह, लुम्बिनी र जनकपुरका लागि मात्रै दैनिक झन्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् ।

    व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।

    मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.