• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सरकारको लोकतन्त्र विरोधी कदम


  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाह स्ववियु र कर्मचारी युनियनप्रति सुरुदेखि नै नकारात्मक थिए । चुनावको दौरानमा उनीहरूले स्ववियु र कर्मचारी युनियन समाप्त पार्ने बताउँदै आएका थिए । सरकारमा आएपछि उनीहरूले जुन सय बुँदे कार्यसूची सार्वजनिक गरे, त्यसमा पनि यी विषय सामेल थिए । यसैबिच सरकारले परिपत्र नै पठाएर स्ववियु र कर्मचारी युनियन खारेज गर्न र त्यस क्रममा बलप्रयोग गर्नुपरे गृहप्रशासनलाई लेखेर पठाउन भन्यो । यस निर्देशनलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले विश्वविद्यालयका उपकुलपतिको बैठकसमेत गरिसकेका छन् ।

    Advertisement

    स्ववियु विद्यार्थी आन्दोलनको परिणाम हो । निरङ्कुश पञ्चायती कालमै विद्यार्थी आन्दोलनले यसलाई स्थापित गरेको हो । त्यसैले २०४६ सालअघि स्ववियु चुनाव हुन्थ्यो र त्यसपछि पनि त्यो चुनाव हुँदै आयो । पछिल्लो समयमा लगातार दुईपटक स्ववियु चुनाव हुँदै आएको छ । प्रश्न उठ्छ, निरङ्कुश पञ्चायती व्यवस्थासम्मले स्वीकार गरेको स्ववियु किन बालेन सरकारले स्वीकार गर्न सकेन ? त्यसमा बेथिति भयो भनेर स्ववियु नै खारेज गर्नु उचित हुन्छ ? पक्कै पनि यो सही विचार होइन । दलका कतिपय नेता भ्रष्ट भए भन्दैमा लोकतन्त्र खारेज गर्न सकिन्छ ? मन्त्री भ्रष्ट भए भन्दैमा मन्त्रालय वा सरकार खारेज गर्न सकिन्छ ? त्यसकारण सरकारले जुन बेथितीको प्रसङ्ग उठाएर स्ववियु वा कर्मचारी युनियन खारेज गर्ने तर्क गरिरहेको छ, त्यो पूरै गलत भएको स्पष्ट छ ।

    पक्कै पनि विद्यालय र सामान्य प्रशासन क्षेत्रमा कमजोरी छन् तर के त्यसको एकलौटी कारण विद्यार्थी र कर्मचारी हुन् ? आज शिक्षा क्षेत्रको जुन अस्तव्यस्त अवस्था छ वा युवाविद्यार्थीलाई शैक्षिक बेरोजगारको रूपमा उत्पादन गर्ने वा उनीहरूलाई विदेश पलायन हुन दिने काम भइरहेको छ, त्यसका लागि विद्यार्थी जिम्मेवार छन् ? त्यस्तै विद्यालयको भौतिक संरचना र व्यवस्थापनका लागि विद्यार्थी जिम्मेवार छैनन् । यता, सामान्य प्रशासनमा पनि केही समस्या छन् तर कर्मचारी ट्रेड युनियन नै त्यसका लागि पूर्णतः जिम्मेवार छैनन् । यी दुवै क्षेत्रमा बेथिती छन् भने त्यसको मुख्य जिम्मेवार सरकार र प्रशासन हुन् । यस क्षेत्रका बेथितीको सुधार गर्न सर्वप्रथमतः सरकार नै गम्भीर र निष्पक्षतापूर्वक प्रस्तुत हुनुपर्दछ । निस्पक्ष छानबिन प्रतिवेदनको आधारमा नीतिगत रूपमा नै सुधारका कदम उठाउन सकिन्छ । त्यसका विपरीत सरकारद्वारा स्ववियु र ट्रेड युनियन नै खारेज गर्ने कदम उठाउनु संविधानमा लिपिबद्ध मौलिक हक तथा स्वतन्त्रता विरुद्धको कुरा हो ।

    स्ववियुको सन्दर्भमा २८ वर्षे उमेरहद लागु भएको अवस्था छ । गत दुई कार्यकालदेखि नियमित रूपमा स्ववियु निर्वाचन भइरहेको छ । अब स्ववियुले क्रमशः शैक्षिक मुद्दातर्फ आफूलाई केन्द्रित गर्दै गइरहेको छ तर सरकारले सामान्य प्रशासन र विद्यालयमा दलीय झन्डा, प्रभाव र सङ्गठन रहन नदिने जुन नीति अपनाएको छ, त्यसमा निरङ्कुशताको झल्को आएको देख्न सकिन्छ । त्यस्तै यदि सामान्य प्रशासनमा दलीय आधारमा कुनै क्रियाकलाप भए रोक्न सकिन्छ तर युनियन नै खारेज गर्न खोज्नु लोकतन्त्र विरोधी क्रियाकलाप हो ।

    वर्तमान सरकार २०६२–६३ सालको जनआन्दोलन र त्यसको म्यान्डेटअनुसार संविधानसभाले बनाएको संविधानअनुसार कायम भएको हो । यो लोकतन्त्रको प्रतिफल हो । यो सरकारले लोकतन्त्रमाथि नै आक्रमण गर्न सक्दैन । त्यस्तो गर्नु लोकतन्त्रको विरुद्धमा हुनेछ । यस्तो कदम नेपालको संविधान–२०७२ को पनि विरुद्धमा हुनेछ । त्यसैले संविधानमाथि नै प्रहार गर्ने काम गर्नबाट सरकारले आफूलाई अलग गर्नेछ भन्ने आशा गरौँ । यदि सरकार लोकतन्त्र विरोधी बाटोतर्फ हिँड्छ भने त्यसको प्रतिरोध हुने नै छ किनकि जनताले ढाई सय वर्ष पुरानो निरङ्कुश शासनलाई खारेज गरेका थिए र त्यसको रक्षा गर्नेछन् पनि ।

    युगदर्शन वर्ष १७, अंक ३१ मा प्रकाशित

    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.