काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले चितवनको सुकुम्बासी बस्तीमा आगो लगाउनेहरुममाथि ‘जनकारबाही’ गर्ने चेतावनी दिएको छ ।
अध्यक्ष कामरेड नेपालका तर्फबाट विज्ञप्ति प्रकाशित गरी वर्षातको समयमा सुकुम्बासी बस्तीमा आगो लगाएर नागरिकको बेहाल बनाउने काम गरेको बताइएको छ । माओवादीले यस्ता गतिविधिमा संलग्न मन्त्री, कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
केही दिन अघि मात्रै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडि नगरपालिका–९ कुसुमखोलामा चेपाङहरुको घरमा आगजनी गरेको थियो । सेनाका जवानहरुले कुटपीट गर्दा एक चेपाङ युवाको ज्यानसमेत गएको थियो ।
विज्ञप्तिमा विभिन्न भ्रष्टाचार काण्डमा सरकारले दोषीहरुलाई उन्मुक्ति दिएको आरोप लगाउँदै अमेरिकी इण्डोप्यासेफिक रणनीति (एमसीसी) ल्यायर नेपाललाई ध्वस्त पार्न खोजिएको आरोप पनि लगाएको छ ।
‘चेपाङ बस्तीमा आगो लगाउनु कायरतापूर्ण’

