लोकेन्द्र पौडेल
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा संचालित चेन्नई महानगरस्थित पुर्व, पश्चिम, उत्तर र दक्षिण ४ वटै नगर समितिको संयुक्त आयोजनामा नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ओमाकान्त शर्माको अध्यक्षता र रोम बहादुर सापकोटाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सहभागीहरूलाई किसोर शर्माले र कलाकारहरूले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य नेत्रलाल शर्मा, हरि प्रशाद शर्मा, विद्यार्थि विभागबाट मिलन आचार्य, महिला विभागबाट रुकमनी परियार, साँस्कृतीक विभागबाट डिल बहादुर जि.एम., जनजाति विभाग तथा पश्चिम नगर सचिव गंगा बहादुर थापा, समता विभाग तथा पश्चिम नगर उपाध्यक्ष प्रकाश नेपाली, पश्चिम नगर महिला विभागबाट भवानी खत्री सुनारले आतिथ्यता एवं मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै राजेश घिमिरे, विमल बहादुर लामिछाने, लक्ष्मी खड्का, सुन्दर परियार, खुमन भण्डारी, मिना परियार, केमलाल सुनार, नर बहादुर थापा, विशाल परियार, सन्तोस थापाले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।

