खिमराज चालिसे
हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको आयोजनामा आज १४ अप्रेल २०२६ को नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । सो समारोहमा सोमरेले मूल प्रवाह एकता समाजले नेपालीहरू विच घनिष्ठता बढाउन प्रवासमा रहेका नेपालीहरूको विचमा विभिन्न चाड पर्वहरूलाई सामूहिक मनाएर स्वदेशप्रतिको मायाँलाई प्रगाढ बनाउने उद्देश्य सहित कार्यक्रम सम्पन्न गरिएको बताउनु भएको थियो ।
समारोहमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य नारायण विक र केहर सिंह घर्ती, क्षेत्रीय सदस्य सुरेश क्षेत्री, क्षेत्रीय महिला सदस्य चन्दा सोमरे, पाल्पा जिल्ला राष्ट्रिय जनमोर्चाकी निरू सारु, चन्दप्रसाद गैरे, नगरका नेताहरू रामु शर्मा, मन बहादुर घर्ती, दुर्गा ज्ञवाली, सिता पोख्रेल, शान्ता पौडेल, प्रतिभा रोका, विजया पौडेल, नितु खड्का, वासुदेव लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम बावुराम पोख्रेलको अध्यक्षतामा तथा कमला बगालेको सञ्चालनमा सम्पन्न भएको हो ।