• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कुरान घटनामा दुई महिला पक्राउ


  •   आइतबार, चैत २९, २०८२ मा प्रकाशित
  • सेराङ (इन्डोनेसिया), २९ चैत । धार्मिक संवेदनशीलतासँग जोडिएको एक घटनाले इन्डोनेसियामा व्यापक विवाद निम्त्याएको छ । कुरानमाथि पाइला टेकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई महिलालाई ईश्वरनिन्दाको आरोपमा पक्राउ गरेको जनाएको छ ।

    Advertisement

    प्रहरीका अनुसार नाम र उमेर सार्वजनिक नगरिएका ती महिलालाई बान्टेन प्रान्तबाट यसै हप्ता नियन्त्रणमा लिइएको हो । घटनासँग सम्बन्धित भिडियो तीव्र रूपमा फैलिँदै जनआक्रोश बढेपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ । इन्डोनेसियाको विद्यमान ईश्वरनिन्दा कानूनअनुसार दोषी ठहर भएमा उनीहरूले अधिकतम पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने सम्भावना रहेको छ ।

    घटना बुधबार बान्टेनको लेबक क्षेत्रमा घटेको बताइएको छ, जुन राजधानी जकार्ताबाट करिब १४० किलोमिटर टाढा पर्छ । प्रहरी विवरणअनुसार एक सलुन सञ्चालिकाले आफ्ना ग्राहकलाई सामान चोरी गरेको आरोप लगाएकी थिइन् । आरोप अस्वीकार भएपछि उनले ती महिलालाई कुरानमाथि पाइला टेरेर निर्दोष रहेको कसम खान दबाब दिएकी थिइन् र त्यसको भिडियोसमेत खिचिएको थियो ।

    बान्टेन प्रहरीका प्रवक्ता मारुली अहिलेस हुतापियाले दुबै महिलाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कुरानमाथि पाइला टेक्ने महिला र त्यसका लागि दबाब दिने सलुन सञ्चालिका दुबैलाई सोधपुछपछि संदिग्धका रूपमा औपचारिक रूपमा दर्ता गरिएको छ ।

    भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ । धार्मिक आस्थासँग जोडिएको विषय भएकाले धेरैले कडा कारबाहीको माग गरेका छन् । यस्ता घटनाहरूले मुस्लिम बहुल जनसंख्या रहेको इन्डोनेसियामा संवेदनशील बहस निम्त्याउने गरेको छ ।

    मानवअधिकार समूहहरूले भने लामो समयदेखि ईश्वरनिन्दा कानूनको आलोचना गर्दै आएका छन् । उनीहरूका अनुसार यस्तो कानून बारम्बार धार्मिक अल्पसंख्यक वा विवादास्पद अभिव्यक्तिलाई लक्षित गर्न दुरुपयोग हुने गरेको छ ।

    यसअघि पनि यस्ता घटनामा कारबाही भएका उदाहरण छन् । अहोकका नामले समेत चिनिने जकार्ताका पूर्वगभर्नर बासुकी तजाहाजा पूर्णमाले सन् २०१७ मा ईश्वरनिन्दाको आरोपमा करिब दुई वर्ष जेल सजाय भोग्नुभएको थियो । त्यस्तै, सन् २०२४ मा एक स्ट्यान्ड–अप कमेडियनलाई धार्मिक व्यक्तित्वबारे मजाक गरेको अभियोगमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

    विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको इन्डोनेसियामा २४ करोडभन्दा बढी मुस्लिम बसोबास गर्छन् । यस्तो सन्दर्भमा धार्मिक विषयसँग सम्बन्धित घटनाहरूले सामाजिक तथा कानूनी दुबै तहमा ठूलो प्रभाव पार्ने गरेको देखिन्छ ।

    आइतबार, चैत २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.