टेकराज भुसाल, बुटवल ।
अर्घाखाँची–ढाकाबाङ–रुपन्देही सम्पर्क समाजले सोमबार बुटवलमा नव वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासेले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले यस्ता कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्दै समाजलाई अझ एकताबद्ध बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार ढुण्डिराज खनाल, शैक्षिक व्यक्तित्व रामकृष्ण घिमिरेले मन्तव्य राख्दै समाजले सामाजिक एकता र सेवा भावलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक टेकराज भुसालले संस्थाले सञ्चालन गरेका कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो जन्मथलोसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालले विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको सिलसिलामा रुपन्देहीमा बसोबास गर्दै आएका व्यक्तिलाई एकताबद्ध गर्दै समाजले हरेक वर्ष क्यालेन्डर प्रकाशनसँगै रक्तदान, सरसफाइलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणप्रसाद भुसाल (बाबु) ले गर्नुभएको थियो ।