काठमाडौँ । प्युठानको दाङबाङमा आइतबार भएको आगलागीप्रति राष्ट्रिय जनमोर्चाले दु:ख व्यक्त गरेको छ ।
Advertisement
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ चैत २२ गते आइतबार अबेर राति प्रेसवक्तव्य जारी गर्दै राजमोले दु:ख व्यक्त गरिएको हो ।
आगलागीबाट क्षति पुगेको बताउँदै वक्तव्यमा क्षतिपूर्ति तथा घरको पुनर्निमाणमा सहयोग गर्न सरकारसित आग्रह गरिएको छ ।
वक्तव्यमा अगाडि भनिएको छ– “हिजो प्युठानको दाङबाङमा भएको आगलागीबाट भएको क्षतिप्रति राजमोले गम्भीर दु:ख प्रकट गर्दछ । त्यो आगलागीद्वारा कैयौँ घर र गोठ ध्वस्त हुनुका साथै ठुलो धनमालको पनि क्षति भएको छ । त्यसका लागि सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै आवश्यक क्षतिपूर्ति र घरको पुनर्निर्माणसमेतको सहयोग गर्न हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।”