• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जापानमा नेपाली आत्महत्या बढ्दो चिन्ता, सेवा प्रभावकारिता बारे दूतावास र पत्रकार महासंघ बीच छलफल


  •   शनिबार, चैत २१, २०८२ मा प्रकाशित
  • मेघराज रिष्मेली

    Advertisement

    टोकियो, जापान । नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधि मण्डलले टोकियोस्थित नेपाली राजदूतावास पुगेर सेवा प्रवाह, समस्या तथा आगामी योजना बारे जानकारी लिइएको छ ।

    शुक्रबार मेगुरोस्थित राजदूतावासमा भएको भेटमा महासंघले जापानमा रहेका नेपालीहरू माझ सही र प्रभावकारी सूचना प्रवाह गर्ने उद्देश्यसहित संस्थागत रूपमा जानकारी आदान प्रदान गरिएको हो ।

    कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले दूतावासबाट प्रदान गरिँदै आएका सेवा, भोग्नु परेका चुनौती तथा आगामी कार्य योजना बारे विस्तृत जानकारी गराए । आफू कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेपछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पहल गरिएको उनले बताए ।
    उनका अनुसार दूतावासमा दैनिक ९ सय भन्दा बढी टेलिफोन आउने गरेका छन् । ती गुनासो तथा जिज्ञासालाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘आईभीआर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । साथै, मासिक रूपमा फेसबुक लाइभ तथा ह्वाट्स एप मार्फत सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

    यसै क्रममा उनले जापानमा रहेका नेपाली विद्यार्थीहरूमा आत्महत्या दर बढ्दो क्रममा रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म जापानमा ५३ जना नेपालीको मृत्यु भइसकेको बताउँदै उनले ती मध्ये करिब ८० प्रतिशत घटना आत्महत्यासँग सम्बन्धित रहेको जानकारी दिए ।

    जापान सरकारले विद्यार्थीलाई हप्तामा २८ घण्टा काम गर्न पाउने व्यवस्था गरेको भए पनि केही विद्यालय तथा कलेजहरूले सो अनुमति नदिएको गुनासो दूतावासमा आउने गरेको उनले बताए । आर्थिक दबाब, कामको दबाब र मानसिक तनावका कारण विद्यार्थीहरू जोखिममा पर्ने गरेको उनको भनाइ थियो ।

    त्यस्तै, श्रम स्वीकृतिको अभावमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन समेत कठिनाइ हुने समस्या रहेको उनले औंल्याए । ॅश्रम स्वीकृति लिएका व्यक्तिको मृत्यु हुँदा राज्यको कोषबाट शव घरसम्म लैजाने व्यवस्था छ, तर विद्यार्थी र डिपेन्डेन्टका हकमा यस्तो सुविधा नहुँदा समस्या हुने गरेको छ,’ उनले भने।

    महासंघका अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष लक्ष्मी पौडेल, सदस्यहरू दिनेश थापा, विनोद ढकाल तथा पत्रकार जीवन सुवेदीले जापानमा रहेका नेपाली समुदायका विभिन्न समस्या दूतावास समक्ष राखेका थिए ।

    उनीहरूले दूतावासको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सूचना साझेदारीमा सहकार्य गर्ने, सही सूचना समुदायसम्म पुर्‍याउने तथा दूतावास र नेपाली समुदाय बीच पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    शनिबार, चैत २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.