नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रम विन वहादुर कुबरको अध्यक्षता तथा दिनेश पन्थीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्षय कपिल खनाल, केन्द्रीय सदस्य शिव केसी, तिलक पाण्डे, साँस्कृतिक विभागका पहल सिंह परियार, केन्द्रीय विद्यार्थि विभागकी ईसा खत्री, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी संयोजक लक्ष्मी खडायत, नई दिल्ली साँस्कृत्तिक विभाग संयोजक निरु पुन, जनसम्पर्क समितिबाट टेकराज पोख्रेल, समाजसेवी सेर सिंह, किसन थापा, विष्णु पौडेल, विष्णु केसी, नारायण पन्थी, राजु परियार, झविलाल खनाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागिहरूलाई विष्णु खनाल र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।