• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

इरान युद्धमा ट्रम्पको कडा चेतावनी


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • वासिङ्टन, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिए । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ ।

    Advertisement

    ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्‌नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताए, तर युद्ध कसरी र कहिले टुगिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गरे । उनले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्‍याउँदै अमेरिकी आक्रमण अझ तीव्र हुने सङ्केत गरे ।

    एक महिनाभन्दा बढी समयदेखि जारी यस द्वन्द्वले अमेरिकाभित्रै राजनीतिक दबाब बढाइरहेको छ । ट्रम्पको स्वीकृति दर घट्दै गएको छ भने बढ्दो तेल मूल्यका कारण सर्वसाधारणमा आर्थिक दबाब महसुस हुन थालेको छ । यही सन्दर्भमा उहाँले फेब्रुअरी २८ मा सुरु गरिएको आक्रमणमा किन इजरायलसँग सहकार्य गरिएको हो भन्ने विषयमा विस्तृत स्पष्टीकरण दिएका थिए ।

    उनले आफ्‌नो सम्बोधनमा अमेरिकाको रणनीतिक उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्ने, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन अन्त्य गर्ने तथा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने रहेको उल्लेख गरे । यद्यपि संयुक्त राष्ट्रसंघका निकाय र अन्य विश्लेषकहरूले इरान तत्कालै आणविक हतियार नजिक नभएको आकलन गर्दै आएका छन् ।

    द्वन्द्वको सुरुआती चरणमै इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको घटनालाई ट्रम्पले आफ्‌नो सफलताका रूपमा प्रस्तुत गरे । उनले इरानका ‘धेरैजसो नेतृत्व तह समाप्त भइसकेको’ दाबी गर्दै सैन्य प्रगतिको चर्चा गरे ।

    तर इरानले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यमा नियन्त्रण बढाउँदै प्रतिक्रिया दिएको छ, जुन विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग हो । यसको असर विश्व बजारमा देखिन थालेको छ—अमेरिकामा पेट्रोलको मूल्य वर्षौंपछि प्रति ग्यालन चार डलरभन्दा माथि पुगेको छ भने सेयर बजारमा गिरावट आएको छ ।

    ट्रम्पको सम्बोधनपछि पनि बजारमा अनिश्चितता कायम रह्यो । बिहीबार प्रारम्भिक कारोबारमा तेलको मूल्य फेरि बढ्दा लगानीकर्ताहरू सतर्क देखिएका छन् । यसले युद्ध छिट्टै अन्त्य हुने अपेक्षामा शंका उत्पन्न गरेको छ ।

    अमेरिकी सिनेटर क्रिस मर्फीले ट्रम्पको नीतिमा स्पष्टता नभएको टिप्पणी गरे । उनले ट्रम्पले युद्ध विस्तार गरिरहनुभएको हो कि घटाइरहनुभएको हो भन्ने कुरा अस्पष्ट रहेको बताउँदै सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् ।

    यसैबीच, ट्रम्पले इरानसँग सम्झौता नभए थप कडा कदम चाल्ने चेतावनी दोहोर्‍याउँदै देशका ऊर्जा पूर्वाधारमाथि समेत आक्रमण गर्न सकिने सङ्केत गरेका थिए । यस्तो कदम अन्तर्राष्ट्रिय कानूनविपरीत हुन सक्ने र युद्ध अपराधको रूपमा व्याख्या हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    “हामी उनीहरूलाई पाषाण युगमा फर्काउनेछौँ”, उनले भाषामा भने, जसले द्वन्द्वको स्वरूप अझ उग्र बन्न सक्ने सङ्केत दिएको छ । यद्यपि कूटनीतिक पहलको सम्भावनाबारे उहाँको सम्बोधनमा खासै उल्लेख थिएन ।

    ट्रम्पले इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्धविराम खोजिरहेको दाबी गर्नुभएको थियो, तर इरानको विदेश मन्त्रालयले उक्त दाबी अस्वीकार गर्दै अमेरिकामाथि ॅअवास्तविक र अधिकतम दबाब’ सिर्जना गरेको आरोप लगाएको छ ।

    अमेरिकी सैन्य शक्ति माथि विश्वास व्यक्त गर्दै ट्रम्पले ॅसबै कार्डहरू अमेरिका सँगै रहेको’ दाबी गर्नुभयो । साथै उहाँले खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै उनीहरूलाई असफल हुन नदिने बताउनुभयो, यद्यपि ती देशहरू इरानी प्रतिआक्रमणको प्रभावमा परिसकेका छन् ।

    उनले युरोपेली सहयोगीहरूलाई समेत आलोचना गर्नुभयो, जसले अमेरिकी युद्ध प्रयासलाई समर्थन नगरेको भन्दै असन्तुष्टि जनाए । खाडी क्षेत्रको तेलमा निर्भर राष्ट्रहरूले होर्मुज जलडमरूमध्यको सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.