काठमाडौं । इराकको कुर्दिस्तान भन्ने शहरमा दुई नेपाली श्रमिकको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले जनाएको छ ।
Advertisement
गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अनुसार एक पुरुष र एक महिलाको मृत्यु भएको छ । उनीहरूको पुरुषको अर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा र महिलाको आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए ।
मृतक पुरुष लमजुङ पाचोक दोर्दी–५ का लेखमान घले र महिला गोरखा धावा–३, तान्द्राङकी रिता भुजेल रहेको पहिचान खुलेको छ । उनीहरू दुबैजना वैदेशिक रोजगारमा गएका थिए ।
सुलेमानीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रिता १० वर्षदेखि त्यहाँ कार्यरत थिइन् । उनको मृत्युको कारण भने खुलिसकेको छैन । पुरुष अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

