• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हामीले पुष्पलालसम्बन्धी निर्णय सच्यायौँ, तर पूर्व मालेले सच्याएनन्: मोहनविक्रम सिंह


  •   बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफूहरूले पुष्पलालसम्बन्धी निर्णय सच्याएको तर पूर्व मालेहरूले अहिलेसम्म नसच्याएको बताउनुभएको छ । पुष्पलालको बयालिसौँ स्मृतिदिवसको अवसरमा आयोजित एउटा टेलिभिजन परिसंवाद कार्यक्रममा विचार व्यक्त गर्दै महामन्त्री सिंहले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    मिथिला टेलिभिजनको “मिथिला महासङ्ग्राम” शीर्षक दिई बुधवार प्रसारित कार्यक्रममा विचार व्यक्त गर्दै महामन्त्री सिंहले नेकपा (मसाल) ले आफ्ना कुनै पनि विश्लेषण गलत भए सच्याउने गरेको बताउनुभयो । ‘हामीले पुष्पलालसम्बन्धी विश्लेषण सच्यायौँ’ उहाँले भन्नुभयो– ‘झापाली (पूर्व माले) हरूले पुष्पलालसहित मोहनविक्रम सिंह, मनमोहनलगायतलाई सयकडौँ पटक गद्दार भने । उनीहरूको मुखपत्र “वर्गसङ्घर्ष” मा यस्तो विश्लेषण छापिएको पनि थियो । तर उनीहरूमध्ये कसैले पनि आजसम्म त्यो विश्लेषणप्रति आत्माआलोचना गरेका छैनन् ।’

    पुष्पलाललाई गद्दार भनिएको प्रसङ्गमा उहाँले त्यसका पछाडि मुख्य नेपाली काङ्ग्रेसप्रतिका विश्लेषणले काम गरेको बताउनुभयो । ‘पहिले हामी सबैको नेपाली काङ्ग्रेस राष्ट्रिय पुँजीपति वर्गको पार्टी हो भन्नेमा थियौँ’ महामन्त्री सिंहले अगाडि भन्नुभयो– ‘२०२६ सालमा भद्रगोल जेलभित्र मसहित निर्मल लामा, भक्तबहादुर श्रेष्ठलगायतका साथीमाझ एक महिना लामो छलफल चल्यो । त्यो छलफलबाट हामीले निष्कर्ष निकाल्यौँ, नेपाली काङ्ग्रेस राष्ट्रिय पुँजीपति वर्गको होइन, बरु सामन्त र दलाल पुँजीपति वर्गको पार्टी हो, राजा र काङ्ग्रेसको वर्गाधार एउटै हो । यसरी काङ्ग्रेस राजाजस्तै पार्टी हो ।’ ‘तर पुष्पलालले काङ्ग्रेसप्रतिको नयाँ दृष्टिकोण स्वीकार गर्नुभएन’ वरिष्ठ नेता सिंहले भन्नुभयो– ‘त्यति मात्र होइन, उहाँ त्यस आधारमा काङ्ग्रेसलाई नयाँ जनवादी क्रान्तिको मित्रशक्ति पनि ठान्ने दृष्टिकोणमा पनि कायम रहनुभयो ।’

    काङ्ग्रेसलाई देशभक्त, जनतान्त्रिक र राष्ट्रिय पुँजीपति वर्गको पार्टी बताउँदै त्यसलाई नयाँ जनवादी क्रान्तिको मित्रशक्ति मान्ने व्यक्तिलाई कमरेड भन्न सकिने/नसकिने ? त्यसबारे पार्टीभित्र छलफल चलेको उहाँले जानकारी दिनुभयो । ‘पार्टीभित्रको छलफल र निर्णयको आधारमा हामीले उहाँलाई गद्दार भनेका थियौँ । त्यहीअनुसार उक्त “गद्दार पुष्पलाल” पुस्तक लेखिएको थियो’ सिंहले भन्नुभयो– ‘तर हामीले पछि समग्र मूल्याङ्कन गरेर त्यो गल्ती सच्यायौँ, “गद्दार पुष्पलाल” पुस्तकको शीषक बदलेर “क्रान्ति वा भ्रान्ति ?” राख्यौँ ।’

    उहाँले २०२६ सालपछि पनि राष्ट्रियता र गणतन्त्रको विषयमा पुष्पलालसित एक भएर गएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले पछि पनि पार्टीगत रूपमा पुष्पलालसित मिलेर जान खोजेका थियौँ । तर विभिन्न कारणले त्यो सम्भव भएन ।’ महामन्त्री सिंहले एउटै पार्टी बनाउन नसकिए पनि राष्ट्रियता र गणतन्त्रको पक्षमा पुष्पलालसित समान वैचारिक एकरूपता कायम भएको बताउनुभयो ।

    संविधान सभा चुनावको सन्दर्भमा विचार व्यक्त राख्दै उहाँले नेकपाको दोस्रो महाधिवेशनसम्म त्यसबारे कुनै मतभेद नभएको बताउनुभयो । ‘तर दरभङ्गा प्लेनममा पुष्पलालले संविधान सभाको माग छोड्नुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘तर हामीले त्यसपछि पनि लगातार संविधान सभा चुनावका लागि सङ्घर्ष ग¥यौँ । २०४८ सालको संसदीय निर्वाचन बहिष्कार ग¥यौँ । २०६२–६३ सालमा पनि हामीले त्यो माग जोडदार उठायौँ र अन्ततः संविधान सभाले २०७२ सालमा लोकतान्त्रिक संविधान घोषणा गरेको छ ।’ उहाँले दरभङ्गा प्लेनममा मोहनविक्रम सिंहद्वारा प्रस्तुत गरेको संविधान सभाको प्रस्ताव पारित भएको तर तत्कालीन नेकपाको केन्द्रीय समितिले उक्त निर्णयलाई अस्वीकार गरेको बताउनुभयो ।

    विचार व्यक्त गर्ने क्रममा उहाँले पुष्पलाल आजीवन नयाँ जनवादी क्रान्तिको पक्षमा अडिग रहेको बताउनुभयो । त्यस क्रममा उहाँले अहिले पुष्पलालको विचारलाई मानेर सङ्गठनात्मक रूपमा काम गर्ने कुनै पनि पार्टी देशमा नभएको ठोकुवा गर्नुभयो । पार्टीएकताकै तहमा सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक सहमति नभए पनि न्यूनतम सहमतिको आधारमा कार्यगत एकताको वातावरण भने अहिले पनि कायमै रहेको उहाँले ठहर थियो ।

    नेपाली कम्युनिस्ट आन्दोलनमा अभिव्यक्त हुने मतभेद खालि विशुद्ध व्यक्तिगत प्रकृतिको भएको तथ्यप्रति उहाँले असहमति जनाउनुभयो । ‘खु्रस्चेभ र माओको बिचको मतभेद व्यक्तिगत थिएन, त्यो त पुँजीवाद र समाजवादका माझको लडाइँ थियो’ उहाँले भन्नुभयो– ‘त्यस्तै नेपालमा पुष्पलाल र केशरजङ्ग रायमाझीको मतभेद पनि व्यक्तिगत थिएन, त्यो त गणतन्त्र र राजतन्त्रमाझको लडाइँ थियो ।’

    कार्यक्रममा विचार व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य डा. वेदुराम भुसालले भन्नुभयो– ‘पुष्पलाललाई सबैभन्दा बढी गद्दार भन्नेहरू झापालीहरू हुन् ।’ ‘तैपनि उनीहरूले पुष्पलालकै राज्यसत्ताको चरित्रसम्बन्धी दृष्टिकोणअनुसार नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक बताउँदै हिँडे’ डा. भुसालले भन्नुभयो ।

    संविधान सभाको चुनावबारे डा. भुसालले दरभङ्गा प्लेनमतिर पुष्पलालले संविधान सभाको नारा छोडेको बताउनुभयो । ‘२०१७ सालपछि पुष्पलालले संविधान सभा चुनावको नारा छाड्नुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसपछि त संविधान सभा चुनावको नारालाई मोहनजीले नै निरन्तर बोक्नुभयो, अरूले बेलाबेलामा समर्थन गरेका होलान्, तर संविधान सभा चुनावको आन्दोलनलाई मोहनजीले नै नेतृत्व गर्नुभयो ।’

    कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेलले पनि विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको प्रस्तोता हिराबहादुर थापा हुनुहुन्थ्यो ।

    बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.