• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

साउदी अरबको विमानस्थल हुँदै कुवेतका नेपालीलाई फिर्ता बोलाउन अन्तर्राष्ट्रियको माग


  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले कुवेतका नेपालीलाई साउदी अरबको कुस्मा विमानस्थल उपयोग गरी सहुलियत टिकटका साथ स्वदेश फिर्ता गर्न माग गरेको छ ।

    Advertisement

    अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८२ चैत १७ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै अन्तर्राष्ट्रिय सो माग गरेको हो ।

    चैत १५ गतेको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी गराउँदै समाजले खाडी मुलुकको युद्धजन्य परिस्थितिमा राहत र उद्धार कार्यमा ध्यान दिन सम्बन्धित निकायसित अनुरोध गरेको छ ।

    त्यसैगरी, युद्धमा घाइते भएका वा पक्राउ परेका नेपालीको उपचार तथा रिहाइमा ध्यान दिन वक्तव्यमा माग गरिएको छ ।

    खाडी मुलुकमा नेपालीलाई सतर्क रहन, कूटनीतिक निकायसित सम्पर्क गर्न आग्रह गर्दै वक्तव्यमा खाडीका नेपालीको खाद्यान्न, आवास र सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “२०८२ चैत १५ गते साँझ बसेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजको बैठकले मध्यपूर्व (खाडी मुलुक) का नेपालीको बारेमा गहन छलफल गरी निम्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ :

    १. खाडी मुलुकमा रहेका नेपालीमाथि अझै पनि युद्धको गम्भीर सन्त्रास व्याप्त छ । कुनै पनि बेला कुनै पनि प्रकारको बिपत्ति आइपर्न सक्ने खतरालाई मध्यनजर गरेर उद्धार र राहतको विषयमा ध्यान पुर्‍याउन नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशका दूताबाससित गनुरोध गर्दछौँ ।

    २. खाडीका विभिन्न देशका नेपालीलाई सम्बन्धित देशले पक्राउ गरेको जानकारी हुन आएको छ । त्यस्तै, कैयौँ नेपालीहरू युद्धको चपेटामा परी घाइते हुन पुगेका छन् । पक्राउ परेका नेपालीलाई तत्कालै रिहाइ तथा घाइते नेपालीको समुचित उपचार र सम्बन्धित व्यक्तिको इच्छाअनुसार स्वेदश फिर्तीको पहल गर्न नेपाल सरकारसित माग गर्दछौँ । नेपाल नफर्किंदासम्म सम्बन्धित देशमै खान, बस्न र सुरक्षाको व्यवस्था मिलाइयोस् ।

    ३. खाडी मुलुकमा युद्धका कारण कैयौँ देशका विमानस्थल गम्भीर प्रकारले प्रभावित भएका छन् । त्यसले गर्दा एकातिर नेपाल फर्किनका लागि सहज र सुलभ प्रकारले हवाई उडानको व्यवस्था हुन सकेको छैन भने अर्कोतर्फ हवाई यात्रा अत्यन्त महँगो हुन पुगेको छ । अहिलेको विषम परिस्थितिमा नेपाल सरकारले सम्बन्धित पक्षसित सम्पर्क राखेर सहुलियत दरको हवाई टिकटको व्यवस्थापन गर्न माग गर्दछौँ । हाल कुवेतस्थित एयरपोर्टबाट कुनै पनि हवाई उडान हुन नसक्ने अवस्था भएकोले कुवेतबाट पायक पर्ने साउदी अरबको कुस्मा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली उडानमार्फत सहुलियत दरमा उडान सञ्चालन गर्न र भिसा प्रक्रियाका लागि आवश्यक समन्वय र सहजीकरणका लागि तत्काल पहल गर्न माग गर्दछौँ ।

    ४. युद्धको स्थितिमा खाडी मुलुकमा रहेका नेपाली कामदार साथीहरूसित आवश्यक सतर्कता अपनाउन, सम्बन्धित देशका सुरक्षासम्बन्धी निर्देशन पालना गर्न र सम्बन्धित देशका एकता समाज, विभिन्न नेपाली सङ्घसंस्था तथा नेपाली दूताबास वा कूटनीतिक नियोगसँग प्रत्यक्षमा सम्पर्कमा रहन आग्रह गर्दछौँ ।”

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.