दाङ देउखुरी । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका ३ र ४ ले गत फागुन २१ को निर्वाचनको समिक्षा गरेको छ ।
Advertisement
तिन नम्बर वडा अध्यक्ष दलबहादुर घर्तिको अध्यक्षतामा सो समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष एबम् गत निर्वाचनका उम्मेदवार गणेश आचार्यले गत निर्वाचनमा मतदाताहरू नयाँको नाममा विचार नहेरेको बताउनु भयो ।
समिक्षामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केसबराज खनाल लगायत भेलामा उपस्थित सम्पुर्ण नेता तथा कार्यकर्ताहरूले चुनाबबाट मत र चुनाव बारे समिक्षा गर्नु भएको थियोे ।