दाङ–देउखुरी । गत फागुन २१ को निर्बाचन र त्यसको परिणाम बारे राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका २ मा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष बासुदेब थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष एवं गत चुनाबमा दाङ देउखुरी १ का उम्मेदवार गणेश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गणेश आचार्यले गतकालमा भएका सरकारहरूको नालायकिपन, पश्चिमा साम्राज्यवादको चाल र लोकप्रियतावादको प्रभावले मतदाताले विचारलाई नहेरेर शोसल मिडियाकै आधारमा गलत ठाउँमा मतदान गरेको बताउनु भयो ।
‘आम मतदाताले राजनीतिक समबेदनशिलता बुजेनन्, हामीले जनतालाइ बुझाउन सकेनौँ ।’ उहाँले अगाडि थप्नु भयो– ‘हाम्रो मत कम र अरु कसैको मत बढि आउँदैमा कसैले मत धेरै आउनेको राजनीति सहि भन्न सक्दैन ।’ मत जति भएपनि नैतिक रुपमा राष्ट्रिय जनमोर्चाको बिजय भएको आचार्यले बताउनु भयो ।
समिक्षा कार्यक्रममा गत निर्वाचनका समानुपातिक उम्मेदवार तथा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केसवराज खनाल, अखिल नेपाल महिला संघ राप्ती गाउँपालिका अध्यक्ष कृष्णा पोख्रेल, राप्ती गाउँपालिका २ का सदस्य मनबहादुर पुन, लगायतको उपस्थित रहेको थियो । उहाँहरू सम्पुर्णले समिक्षा मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गिरबहादुर पौडेलले गर्नु भएको थियोे ।