काठमाडौँ । कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा दोस्रो ठुलो ड्रोन आक्रमण भएको छ ।
Advertisement
मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको हो ।
कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ ।
यो आक्रमण इजरायलले इरानको ’साउथ पार्स’ ग्यास क्षेत्रमा गरेको बमबारीको बदलास्वरूप गरिएको मानिएको छ ।
आक्रमण लगत्तै सुरक्षाका कारण रिफाइनरीका केही महत्त्वपूर्ण प्लान्टहरू बन्द गरिएको छ ।
कुवेती समाचार संस्था ‘कुना’ का अनुसार हालसम्म यस घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।