काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदबाट राजीनामा दिएका छन् ।
Advertisement
थापाले सभापतिबाट राजीनामा दिँदै उपसभापति विश्वप्रकाश शर्मालाई पत्र बुझाइसकेका छन् ।
माघ १ गते सभापतिमा निर्वाचित भएका थापाले बुधबार राजीना पत्र शर्मालाई बुझाएका हुन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका हुन् ।
विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका थापाले लगत्तै प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा सक्रिय भए भने आफू पनि काठमाडौं–४ छोडेर सर्लाही–४ मा चुनाव लड्न गएका थिए ।
पार्टीभित्र थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने शेरबहादुर देउवा समूहका नेताहरूले बताउँदै आएका छन् भने विशेष महाधिवेशन पक्षधर नेताहरू भने राजीनामा दिन नहुने बताउँदै आएका छन् ।