• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कतारमा छैन युद्धको गम्भीर असर


  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । कतारमा युद्धको गम्भीर असर देखिएको छैन । कतारमा रहनुभएका रामप्रसाद पराजुलीका अनुसार त्यहाँ इरानले मिसाइल आक्रमण गरे पनि स्थिति असहज छैन ।

    Advertisement

    कतार नेपाली एकता समाजका अध्यक्षसमेत रहनुभएका पराजुलीले इरानको मिसाइल वा ड्रोन आक्रमण भने यथावत् नै छ ।

    ‘इरानको मिसाइल वा ड्रोन आक्रमण जारी नै छ’ उहाँले भन्नुभयो– ‘तर त्यसको गम्भीर असर अझैसम्म देखिएको छैन । त्यस्तो जानकारी हामीले पाएका छैनौँ ।’

    कतारको सनैया एरियामा अमेरिकाको बेसक्याम्प परेको छ । इरानी आक्रमण भएपछि बेसक्याम्पबाट अमेरिकीहरू दोहाका विभिन्न होटलमा लुकेको हुन सक्ने उहाँले बताउनुभयो ।

    पराजुलीले भन्नुभयो– ‘बेसक्याम्पमा केही अमेरिकी सैनिक त छन् तर धेरै सैनिकहरू दोहाका विभिन्न क्याम्पमा लुकेर बसेका छन् जस्तो लाग्छ ।’

    कतारको अमेरिका र इरान दुवै देशसँग सम्बन्ध त्यति खराब नभएकाले पनि यस्तो स्थिति देखिएको उहाँको बुझाइ थियो ।

    ‘कुनै बेला अन्य खाडी मुलुकले कतार विरुद्ध नाकाबन्दी गर्दा इरानले सघाएको थियो’ उहाँले भन्नुभयो– ‘त्यही भएर होला, अहिले आक्रमण भए पनि स्थिति भयावह बनिसकेको छैन ।’

    त्यस्तै पराजुलीले युद्धका कारण त्यहाँका नेपालीहरू अलपत्र परेको अवस्था बाहिर नआएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘राम्रा कम्पनीले नेपालीसहित सबै कामदारको व्यवस्थापन गरेका छन् । साना वा कमजोरीले भने त्यस्तो गर्न नसकेका हुन सक्छन् ।’

    कतारका नेपालीहरू स्वाभाविक अवस्थामै रहेको उहाँको भनाइ थियो ।

    ‘जुन नेपालीहरू नेपाल फर्किने नियमित तालिकामा छन्, उनीहरू फर्किने तयारीमा छन्’ उहाँले भन्नुभयो– ‘तर युद्धकै कारण कम्पनी बन्द भएर वा अलपत्र भएर नेपाल फर्किनुपरेको अवस्था हामीले थाहा पाएका छैनौँ ।’

    कतारको दूताबासले नेपाल फर्किन चाहने नेपालीलाई सहयोग गरिरहेको अवस्था रहेको उहाँको भनाइ थियो ।

    कतार सरकारले भ्रामक सूचना नफैलाउन तथा यस्तो गर्नेलाई कारबाही गर्ने सूचना जारी गरेको पराजुलीले जानकारी गराउनुभयो ।

    आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • २.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ३.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ४.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ५.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ६.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ७.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ८.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.