• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमण


  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिका र इरानबिचको द्वन्द्व तीव्र हुँदै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्त्वपूर्ण खार्गटापुमा सैनिक लक्ष्यमा बमबारी गरेको छ ।

    Advertisement

    यो टापु इरानको मुख्य तेल निर्यात टर्मिनल भएको स्थान हो । अमेरिकी सेनाले टापुमा रहेका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट गरेको र आवश्यक परे तेल पूर्वाधारलाई पनि निशाना बनाउन सकिने चेतावनी ट्रम्पले दिनुभयो । यसअघि इरानी संसद्को अध्यक्ष मोहम्मद बाघेर कालीबाफले यस्ता आक्रमण इरानको कडा प्रतिक्रिया निम्त्याउने चेतावनी दिनुभयो ।

    इरानको राजधानी तेहरानमा शुक्रबार एक ठुलो विस्फोट भएको छ । विस्फोट त्यही क्षेत्रमा भएको थियो, जहाँ हजारौँ मानिसले वार्षिक प्यालेस्टिनी समर्थक र्‍यालीमा सहभागी भई इजरायल र अमेरिका विरुद्ध नारा लगाएका थिए । यस र्‍यालीमा केही उच्च सरकारी अधिकारी पनि उपस्थित थिए । विस्फोटका कारण मानवीय क्षति नभएको जानकारी दिइएको छ तर यस घटनाले द्वन्द्वमा दुबै पक्षको अडिग निर्णय र प्रतिकार क्षमतालाई स्पष्ट पारेको छ ।

    युद्धमा अमेरिकी बललाई थप सुदृढ गर्न एकसिौँ मरिन एक्सपेडिसनरी युनिट र उभयचर हमला जहाज ट्रिपोली मध्यपूर्वमा पठाइएको छ । यी मरिन युनिटले उभयचर आक्रमणमा मात्र होइन, दूताबास सुरक्षा, नागरिक उद्धार र बिपत् राहतका कार्यमा पनि विशेषज्ञता राख्छन् । यो तैनाथीले अनिवार्य रूपमा कुनै भूआक्रमणको सङ्केत नगर्ने अमेरिकी अधिकारीले बताएका छन् । पहिले नै अमेरिकी नौसेनाले अरब सागरमा एरोक्राफ्ट क्यारियर अब्राहम लिङ्कन र आठ विध्वंसक जहाजसहित १२ जहाज परिचालनमा राखेको थियो । ट्रिपोली जहाज सामेल भएपछि यो बल क्षेत्रको दोस्रो सबैभन्दा ठुलो जहाज हुनेछ ।

    इरानले इजरायल र खाडी क्षेत्रका छिमेकी देशमा मिसाइल र ड्रोन आक्रमण निरन्तर जारी राखेको छ । स्ट्रेट अफ होरमुज, जहाँ विश्व व्यापारमा प्रयोग हुने तेलको करिब पाँचौँ भाग जान्छ, प्राय: बन्द भएको छ । यसले खाडी क्षेत्रमा तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा दबाव सिर्जना गरेको छ ।

    मानवीय सङ्कट गहिरो हुँदै गएको छ । लेबननमा इजरान समर्थित हिजबुल्लाह मिलिटनमा इजरायली हमला हुँदा करिब आठ सय जनाको मृत्यु भइसकेको छ भने आठ लाख ५० हजार जना विस्थापित भएका छन् । इजरायल–हिजबुल्लाह द्वन्द्वमा लेबननमा ७७३ जनाको मृत्यु भइसकेको छ, जसमा १०० भन्दा बढी बालबालिका र १८ स्वास्थ्यकर्मी रहेका छन् ।

    अमेरिकाले युद्धको सुरुदेखि १५ हजार भन्दा बढी इरानी लक्ष्यमा हमला गरेको छ । अमेरिकी रक्षा सचिवले प्रतिदिन एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण भइरहेको जानकारी दिनुभएका छन् । पश्चिम इराकमा अमेरिकी इन्धन आपूर्ति विमान दुर्घटनामा परेर छ चालक दलका सदस्यको मृत्यु भएको छ । यो दुर्घटना अमेरिकी सेनाका चारओटा सार्वजनिक रूपमा पुष्टि भएका विमान दुर्घटनामध्ये चौथो हो । यसअघि तीन अमेरिकी लडाकु जहाज कुवेतबाट आएको मित्रराष्ट्रको गल्तीपूर्ण फायरमा क्षतिग्रस्त भएका थिए ।

    यो द्वन्द्वले विश्वव्यापी अर्थतन्त्र, खाडी क्षेत्रको सुरक्षा स्थिति र मानवीय सङ्कटमा गम्भीर प्रभाव पारेको छ । तेल र ऊर्जा आपूर्तिमा जोखिम बढेको, लाखौँ नागरिक विस्थापित भएका र सम्पत्ति नष्ट भएको स्थिति छ । दुबै पक्षको कडा प्रतिकार र युद्ध रणनीतिले यस द्वन्द्वलाई अझ जटिल र खतरनाक बनाएको छ । (रासस/एपी)

    शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.