काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा डोटीका उम्मेदवार मणिराज भट्ट (मनोज) ले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
Advertisement
भट्टले फागुन २७ गते सार्वजनिक गर्नुभएको निर्वाचन खर्च विबरणमा एक लाख ९९ हजार रुपैयाँ उल्लेख गर्नुभएको छ ।
जसमा उम्मेदवारी सवारी साधन ८०,०००/–, इन्धन खर्च रु. १५,०००/–, पम्प्लेट पोष्टर खर्च रु. ११,०००/– होटेलमा आवास तथा खाना खर्च रु. १५,०००/–, साउण्ड सिस्टम खर्च रु. १५,०००/–, मतदाता शिक्षा परिचालन रुं ५,०००/–, कार्यकर्ता परिचालन रु. ४५,०००/–, झण्डा व्यानर रु. १०,०००/–, नमुना मतपत्र छपाई रु. ३,०००/–, जम्मा रु. १,९९,०००/– रहेको छ ।