काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार केर सिंह अदैले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
अदैले आज फागुन २८ गते आफ्नो निर्वाचन खर्च विबरण सार्वजनिक गर्नुभएको हो ।
अदैले २६७ मत प्राप्त गर्नुभएको थियो । उहाँले निर्वाचनमा एक लाख, ५२ हजार दुई सय ५० रुपैयाँ खर्च भएको विवरण सार्वजनकि गर्नुभएको छ ।
जसमा उम्मेदवा दर्ता रु. १०,०००/– हजार, मतदाता नामावली खरिद प्रिंट रु. १०,०००/–, गाडी तथा रिक्सा भाडा रु. ४७,०००/–, इंधन रु. १२,१००/–, झण्डा छपाई खर्च रु. १४ हजार ५००, नमुना मतपत्र छपाई रु. ६,०००/–, पर्चा पम्पेलेट छपाई रु. २४,९५०/–, कार्यालय व्यवस्थापन खर्च रु. ५,२००/–, खाना ता खाजा खर्च रु. १३,५००/–, मतगणना प्रतिनिधि खाजा खर्च रु. ९,०००/– जम्मा रु. १,५२,२५०/– रहेको छ ।






