• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता


  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक २८ फागुन । काभ्रे जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् ।

    Advertisement

    गत भदौ २३ र २४ गते भएको आन्दोलनमा संलग्न भएकाविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले निरन्तर अनुसन्धान गरी नौ मुद्दा दर्ता गरेको जनाइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल र पनौती नगरपालिका ३ कुशादेवीस्थित गोपी थापाले दर्ता गरेको आपाराधिक उपद्रवविरुद्धको अभियोग दर्ता भएको थियो भने पछिल्ला महिनामा छ मुद्दा प्रहरीमा दर्ता गरिएका थिए । जिल्लास्थित सहायक जिल्ला न्यायाधिक्ता निष्ठा कर्माचार्यका अनुसार पनौतीका तत्कालीन नेपाली कांग्रेसका केन्दीय सदस्य शिवप्रसाद हुमागाईं, पनौती नगर उपप्रमुख गीता बञ्जारा, पनौती नगर पूर्वप्रमुख भीम न्यौपाने तथा उहाँको छोरा दीपक न्यौपाने र २ नं वडाका अध्यक्ष पुरुषोतम अधिकारी तथा धुलिखेलका तत्कालीन नगरप्रमुख अशोक ब्याञ्जूलगायतले दिएको जाहेरीका आधारमा दर्जनौँ व्यक्तिविरुद्ध आपाराधिक उपद्रव मुद्दा दर्ता गरिएको हो ।

    हुमागाईंको जाहेरीमा ६ जनाविरुद्ध, अधिकारीले १४ जनाविरुद्ध, जाहेरीमा ११ जनाविरुद्ध, न्यौपानेद्वयले २०/२० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै नगरप्रमुख रामशरण भण्डारीले दिएको जाहेरी भने तामेलीमा राखिएको जनाइएको छ । यसअघि आरोप लागी पक्राउ गरिएका अधिकांश धरौटीमा छुटेका छन् । निर्वाचनअघि सरकारले परिपत्र गरेपछि हिरासतमा रहेकलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

    पूर्व नगरप्रमुख न्यौपानेले गत भदौ २४ गते घरमा भएको आगलागीका कारण रु ९४ लाख ९३ हजार ५१० क्षति भएको जाहेरीमा उल्लेख गर्नुभएको छ । यस्तै दीपक न्यौपानेको जाहेरीमा रु ६० लाख ६२ हजार २८५, बञ्जाराको जाहेरीमा रु ८४ लाख १३ हजार क्षति भएको उल्लेख गरिएको छ । त्यस्तै अधिकारीले रु ६ लाख ५६ हजार, हुमागाईंको रु ३६ लाख ७४ हजारको क्षति भएको उल्लेख छ ।

    यसैगरी ब्याञ्जूको किटानी जाहेरीमा करिब रु ६० लाख क्षति भएको उल्लेख गरिएको छ । किटानी जाहेरी दर्ता गर्नेले आफ्नो घरमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको उल्लेख गरेका छन् । जिल्ला प्रहरी प्रमुख कोमल शाहले दर्ता भएका मुद्दामा संलग्न भएकाको खोजीकार्य एवं थप अनुसन्धान भइरहेको बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा जिल्लाका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पर्‍याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएको थियो । उक्त आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए ।

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.