काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाटले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
क्षेत्रीले आज फागुन २८ गते आफ्नो निर्वाचन खर्च विबरण सार्वजनिक गर्नुभएको हो ।
कपिलवस्तु –१ बाट उम्मेदवारी दिनुभएका भाटले २४३ मत प्राप्त गर्नुभएको थियो । उहाँले निर्वाचनमा एक लाख, ३३ हजार दुई सय साठी रुपैयाँ खर्च भएको विवरण सार्वजनकि गर्नुभएको छ ।
जसमा उम्मेदवा दर्ता रु. १००००/– हजार, विभिडीयो सम्पादन रु. ५०००/–, अटो भाडा एवं इंधन रु. १००००/–, प्रतिवद्धता पत्र छपाई खर्च रु. ९ हजार ५००, ब्यानर तथा स्टीकर रु. १२,८००/–, झण्डा छपाई खर्च रु. १००००/–, गाडी तथा इन्धन ८ दिन रु. ४०,०००/–, बायोडाटा पोष्ट तथा पर्वधन इकम कार्ड रु. २९,६६०/– चिया खाजा रु. ६,३००/– जम्मा रु. १,३३,२६०/– रहेको छ ।
