हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक कमजोरीका कारण उपचार रोकिएकी लक्ष्मी परियारलाई भारु ३७ हजार दुई सय ७४ सहयोग गरेको छ ।
भारतको तेलङना राज्य हैदराबादस्थित हिमायत नगरको बुलु फोक्स होटेलमा काम गर्दै आएका सानु परियारकी श्रीमति लक्ष्मी परियार अर्थिकको समस्याका कारण उपचार रोकिएको र आर्थिक सहयोगको लागि निवेदन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिमा प्राप्त भएको थियो ।
क्षेत्रीय समितिको प्रतिनिधीहरू मण्डलले परियारको आर्थिक अवस्था बारे छानविन गरेको थियो । उनको पारिवारिक आर्थिक अवस्थालाई मध्यनजर गर्दै मध्य दक्षिण क्षेत्रीय समितिले लक्ष्मी परियारको उपचारका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट प्राप्त रकम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले लक्ष्मी परियारलाई हस्तान्तरण गरेको छ ।
सो रकमा मार्च १०, २०२६ का दिन मूल प्रवाह केन्द्रीय सदस्य रतन सिंह कर्मा, क्षेत्रीय सचीव तिलक राना, क्षेत्रीय सदस्य गुमा राना, माया थापा, भुपाल ठाडाको विशेष उपस्तिथिमा लक्ष्मी परियारलाई भारु ३७ हजार दुई सय ७४ हस्तान्तरण गरिएको छ ।