• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

तेल संकटले एसियामा तनाव


  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
  • ढाका, २६ फागुन । मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । बंगलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ ।

    Advertisement

    तेल आयातमा अत्यधिक निर्भर बङ्गलादेशले आफ्‌नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ । इन्धन अभावको आशंकासँगै राजधानी ढाकासहित विभिन्न स्थानका पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाउन सेनालाई मुख्य डिपोहरूमा राखिएको छ भने पेट्रोल पम्प वरपर प्रहरी गस्ती बढाइएको छ ।

    ढाकाको एक पेट्रोल पम्पका कर्मचारी अशरफुज्जमान दुलालले आपूर्ति नपुग्दा आक्रोशित मोटरसाइकल चालकहरूले स्टेशनमा तोडफोड गरेको बताउनुभयो । उहाँका अनुसार डिपोबाट इन्धन नआएको जानकारी दिए पनि चालकहरू आश्वस्त नभएपछि आइतबार हिंसात्मक घटना भएको थियो ।

    मङ्गलबार राजधानीको सबैभन्दा पुरानो स्टेसनमध्ये एक शाहजहाँ ट्रेडर्सले आफ्‌नो इन्धन सकिएको भन्दै ग्राहकसँग क्षमा माग्दै सूचना टाँसेको थियो ।

    सत्र करोड जनसंख्या भएको बंगलादेश सरकारले स्थिति नियन्त्रणमा राख्न इन्धन राशनिङ सुरु गरेको छ । ऊर्जा अभावका कारण विद्यार्थीहरूलाई घर पठाइएको छ भने सार्वजनिक उत्सवमा हुने प्रकाश प्रदर्शनहरू पनि रद्द गरिएको छ ।

    यसैबीच दक्षिणी जिल्ला झेनैदाहमा शनिबार राति इन्धन भर्ने विषयमा कर्मचारीसँग भएको झडपमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ वर्षीय युवाको मृत्युपछि आक्रोशित भीडले तीनवटा बसमा आगजनी गर्नुका साथै एउटा फिलिङ स्टेसनमा तोडफोड गरेको थियो ।

    ढाकाको सिटी सेन्टरमा मंगलबार करिब १.५ किलोमिटर लामो सवारीको लाइन देखिएको थियो । गाडीमा लामो समयदेखि पर्खिरहेका कामरुल हसनले आफ्‌नो मालिकले कार लाइनमै छोडेर गन्तव्यमा पुग्न रिक्सा प्रयोग गरेको बताउनुभयो ।

    पेट्रोल पम्पका कर्मचारी अख्तर हुसेनका अनुसार घण्टौँसम्म भीड नघट्ने अवस्था छ । “खाडी युद्धको समयमा पनि हामीले यति ठूलो भीड देखेका थिएनौँ”, उहाँले भन्नुभयो ।

    उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिका–इजरायल युद्ध ॅछिट्टै अन्त्य हुन सक्ने’ बताएपछि मंगलबार तेलको मूल्य केही घटेको छ । तर त्यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको थियो । यो मूल्य सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि देखिएको उच्च स्तर हो ।

    इरानले मिसाइल र ड्रोन आक्रमणमार्फत खाडी क्षेत्रलाई लक्षित गरेपछि बजारमा अस्थिरता बढेको हो । युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पनि प्रभावित भएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको असर विश्व बजारमा देखिएको छ ।

    इन्धन संकटको असर अन्य एसियाली देशहरूमा पनि देखिन थालेको छ । भियतनाममा मंगलबार हजारौँ मोटरसाइकल चालक पेट्रोलका लागि लाममा उभिएका थिए । त्यहाँ अनलिडेड पेट्रोलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ ।

    यद्यपि सरकारले आयातित पेट्रोलियम उत्पादनमा लगाइने शुल्क हटाएपछि भियतनाम ठूलो अभावबाट भने हालसम्म जोगिएको छ । हनोईका ५७ वर्षीय तुआन नामका एक व्यक्तिले पेट्रोलका लागि लामो समय पर्खनु परेपछि आफू निकै निराश भएको बताउनुभयो ।

    उहाँका अनुसार करिब एक घण्टा लाइनमा बसेपछि पालो आउँदा पम्पको प्रणाली बन्द भएको जानकारी दिइएको थियो, जसका कारण धेरै चालकहरू निराश भएर फर्किएका थिए ।

    फिलिपिन्समा पनि यस हप्ता पेट्रोल पम्पहरूमा गाडीहरूको लाम देखिएको छ। अधिकारीहरूले इन्धन भण्डारण नगर्न चेतावनी दिएका छन् भने पाकिस्तान र श्रीलंकामा पनि यस्तै दृश्यहरू देखिएका छन्।

    मेट्रो मनिलाका ग्यास स्टेसन परिचारक एनरिको गुडाका अनुसार मूल्य अझ बढ्ने आशंकामा मानिसहरू हतारिएर इन्धन भर्न थालेपछि दैनिक कामको भार दोब्बर भएको छ ।

    म्यान्मामा अवस्था अझ कठिन देखिएको छ । आफ्‌नो इन्धनको करिब ९० प्रतिशत आयात गर्ने यस देशमा पहिले नै गृहयुद्धका कारण ऊर्जा आपूर्ति कमजोर थियो । तेलको भण्डार जोगाउन सरकारले प्रत्येक दिन आधा निजी सवारीसाधन सडकमा नचलाउने व्यवस्था लागू गरेको छ ।

    कार भाडामा दिने व्यवसायी ५६ वर्षीया ह्ला हतेले यस्तो नियमले गाडीमा निर्भर चालकहरूलाई व्यवसाय सञ्चालन गर्न कठिन बनाएको बताउनुभयो ।

    म्यान्माको सीमावर्ती सहर टाचिलिकमा थाइल्यान्डबाट हुने आपूर्ति घटेपछि केही पेट्रोल पम्पहरू बन्द भएका छन् । त्यहाँ गत हप्ता इन्धनको मूल्य तीन गुणासम्म बढेको थियो ।

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.