• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

तेल संकटले एसियामा तनाव


  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
  • ढाका, २६ फागुन । मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । बंगलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ ।

    Advertisement

    तेल आयातमा अत्यधिक निर्भर बङ्गलादेशले आफ्‌नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ । इन्धन अभावको आशंकासँगै राजधानी ढाकासहित विभिन्न स्थानका पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाउन सेनालाई मुख्य डिपोहरूमा राखिएको छ भने पेट्रोल पम्प वरपर प्रहरी गस्ती बढाइएको छ ।

    ढाकाको एक पेट्रोल पम्पका कर्मचारी अशरफुज्जमान दुलालले आपूर्ति नपुग्दा आक्रोशित मोटरसाइकल चालकहरूले स्टेशनमा तोडफोड गरेको बताउनुभयो । उहाँका अनुसार डिपोबाट इन्धन नआएको जानकारी दिए पनि चालकहरू आश्वस्त नभएपछि आइतबार हिंसात्मक घटना भएको थियो ।

    मङ्गलबार राजधानीको सबैभन्दा पुरानो स्टेसनमध्ये एक शाहजहाँ ट्रेडर्सले आफ्‌नो इन्धन सकिएको भन्दै ग्राहकसँग क्षमा माग्दै सूचना टाँसेको थियो ।

    सत्र करोड जनसंख्या भएको बंगलादेश सरकारले स्थिति नियन्त्रणमा राख्न इन्धन राशनिङ सुरु गरेको छ । ऊर्जा अभावका कारण विद्यार्थीहरूलाई घर पठाइएको छ भने सार्वजनिक उत्सवमा हुने प्रकाश प्रदर्शनहरू पनि रद्द गरिएको छ ।

    यसैबीच दक्षिणी जिल्ला झेनैदाहमा शनिबार राति इन्धन भर्ने विषयमा कर्मचारीसँग भएको झडपमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ वर्षीय युवाको मृत्युपछि आक्रोशित भीडले तीनवटा बसमा आगजनी गर्नुका साथै एउटा फिलिङ स्टेसनमा तोडफोड गरेको थियो ।

    ढाकाको सिटी सेन्टरमा मंगलबार करिब १.५ किलोमिटर लामो सवारीको लाइन देखिएको थियो । गाडीमा लामो समयदेखि पर्खिरहेका कामरुल हसनले आफ्‌नो मालिकले कार लाइनमै छोडेर गन्तव्यमा पुग्न रिक्सा प्रयोग गरेको बताउनुभयो ।

    पेट्रोल पम्पका कर्मचारी अख्तर हुसेनका अनुसार घण्टौँसम्म भीड नघट्ने अवस्था छ । “खाडी युद्धको समयमा पनि हामीले यति ठूलो भीड देखेका थिएनौँ”, उहाँले भन्नुभयो ।

    उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिका–इजरायल युद्ध ॅछिट्टै अन्त्य हुन सक्ने’ बताएपछि मंगलबार तेलको मूल्य केही घटेको छ । तर त्यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको थियो । यो मूल्य सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि देखिएको उच्च स्तर हो ।

    इरानले मिसाइल र ड्रोन आक्रमणमार्फत खाडी क्षेत्रलाई लक्षित गरेपछि बजारमा अस्थिरता बढेको हो । युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पनि प्रभावित भएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको असर विश्व बजारमा देखिएको छ ।

    इन्धन संकटको असर अन्य एसियाली देशहरूमा पनि देखिन थालेको छ । भियतनाममा मंगलबार हजारौँ मोटरसाइकल चालक पेट्रोलका लागि लाममा उभिएका थिए । त्यहाँ अनलिडेड पेट्रोलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ ।

    यद्यपि सरकारले आयातित पेट्रोलियम उत्पादनमा लगाइने शुल्क हटाएपछि भियतनाम ठूलो अभावबाट भने हालसम्म जोगिएको छ । हनोईका ५७ वर्षीय तुआन नामका एक व्यक्तिले पेट्रोलका लागि लामो समय पर्खनु परेपछि आफू निकै निराश भएको बताउनुभयो ।

    उहाँका अनुसार करिब एक घण्टा लाइनमा बसेपछि पालो आउँदा पम्पको प्रणाली बन्द भएको जानकारी दिइएको थियो, जसका कारण धेरै चालकहरू निराश भएर फर्किएका थिए ।

    फिलिपिन्समा पनि यस हप्ता पेट्रोल पम्पहरूमा गाडीहरूको लाम देखिएको छ। अधिकारीहरूले इन्धन भण्डारण नगर्न चेतावनी दिएका छन् भने पाकिस्तान र श्रीलंकामा पनि यस्तै दृश्यहरू देखिएका छन्।

    मेट्रो मनिलाका ग्यास स्टेसन परिचारक एनरिको गुडाका अनुसार मूल्य अझ बढ्ने आशंकामा मानिसहरू हतारिएर इन्धन भर्न थालेपछि दैनिक कामको भार दोब्बर भएको छ ।

    म्यान्मामा अवस्था अझ कठिन देखिएको छ । आफ्‌नो इन्धनको करिब ९० प्रतिशत आयात गर्ने यस देशमा पहिले नै गृहयुद्धका कारण ऊर्जा आपूर्ति कमजोर थियो । तेलको भण्डार जोगाउन सरकारले प्रत्येक दिन आधा निजी सवारीसाधन सडकमा नचलाउने व्यवस्था लागू गरेको छ ।

    कार भाडामा दिने व्यवसायी ५६ वर्षीया ह्ला हतेले यस्तो नियमले गाडीमा निर्भर चालकहरूलाई व्यवसाय सञ्चालन गर्न कठिन बनाएको बताउनुभयो ।

    म्यान्माको सीमावर्ती सहर टाचिलिकमा थाइल्यान्डबाट हुने आपूर्ति घटेपछि केही पेट्रोल पम्पहरू बन्द भएका छन् । त्यहाँ गत हप्ता इन्धनको मूल्य तीन गुणासम्म बढेको थियो ।

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.