बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समिति अन्तर्गत महिला नगर बिभाग को आयोजनामा ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न पारिएको छ ।
Advertisement
बसन्ता दाहालको सञ्चालन तथा नगर महिला बिभागका सदस्य सीता कुँवरको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय महिला बिभागका सदस्य दुरा पहरी, नगर अध्यक्ष तथा क्षेत्रीय बैकल्पिक सदस्य ओम बहादुर दाहाल, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरी, नगर सदस्य तथा महिला बिभागका सदस्य भारती परियार, नगर समितिका सदस्य तथा रक्तिम सांस्कृतिक बिभागका सदस्य शान्ति परियारको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागिहरूलाई नगर महिला बिभागका सदस्य निर्मला दाहालले स्वागत गर्नुभएको थियो ।

