• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली एकता समाजले मनायौँ ११६ औँ महिला दिवस


  •   आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजल एक सय सोह्रौँ अन्तर्राष्ट्रि श्रमिक महिला दिवस मनाएको छ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८२ फागुन २४ गते (मार्च ८) आइतबार अबेर साँझ भर्चुअल माध्यमबाट सो कार्यक्रम मनाइएको हो ।

    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै महामन्त्री सिंहले देशको समसामयिक राजनीतिक परिस्थितिमा रास्वपाले विजय हासिल गर्नु भनेको अमेरिकी साम्राज्यवादले विजय हासिल गर्नु रहेको दाबी गर्नुभयो ।

    सही चेतनाको अभावमा प्रवासी नेपालीले समेत रास्वपाको वास्तविकता नबुझेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘सही राजनीतिक चेतनाका अभावमा नै प्रवासी नेपालीले घरपरिवारलाई घण्टीमा भोट हाल्न भनेका हुन्छन् तर त्यसो गर्नु भनेको उनीहरूले आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो भन्ने उनीहरूले बुझेका हुँदैनन् ।’

    अहिले पनि साम्राज्यवादीले युद्धको विश्व वातावरण कायम गरेको स्पष्ट पार्दै उहाँले महिलाले सबैभन्दा बढी युद्धको विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँका अनुसार साम्राज्यवादी युद्धबाट सबैभन्दा बढी महिला नै पीडित हुने भएकाले महिलाहरूले युद्धको विरोध गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले नेपालमा सञ्चालन भएको महिला अधिकारपत्र अभियानको ऐतिहासिक महत्त्व रहेको स्पष्ट पार्नुभयो ।

    उहाँले उक्त गौरवशाली अभियानलाई महिला आन्दोलनले अझै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले साम्राज्यवादका विरुद्ध समाजवादी आन्दोलनसँगै महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कुन परिवेशमा मार्च ८ मनाउन सुरु गरियो भन्नेबारे विस्तारमा चर्चा गर्दै उहाँले अहिले पनि विश्व र नेपालका समेत महिलाका समस्या गम्भीर रहेकाले महिला आन्दोलनलाई पनि सशक्त बनाएर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले अहिलेको नयाँ पिँढीलाई एआईले प्रभावित पारेको बताउँदै उनीहरू सिद्धान्त, राजनीति, विचार, दृष्टिकोणजस्ता विषयबाट पछि हटेको धारणा राख्नुभयो ।

    उहाँले नयाँ पिँढीको यस्तो गैरवैचारिक भूमिकाका कारणले नै फागुन २१ गतेको चुनावमा फरक नतिजा आएको बताउनुभयो ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व अध्यक्ष ठाकुर खनालले पनि मन्तव्य राख्नुभएको थियो ।

    अन्तर्राष्ट्रियद्वारा मार्च ८ मनाउन गठन गरिएको उपसमितिकी संयोजक अमृता रानाथापाको अध्यक्षता तथा उपसमितिकै सदस्य माया आचार्यको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सहभागीलाई अन्तर्राष्ट्रियका महासचिव खुम रायमाझीले स्वागत गर्नुभएको थियो ।

    आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.