अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रामपुरको आयोजनामा ११६औँ महिला दिवस मनाइएको छ ।
Advertisement
नगर सदस्य विर्मा देवीको अध्यक्षता तथा भावना सिंहको सञ्चालनबाट अगाडि बडेको सो कार्यक्रममा सहभागिहरूलाई तुलसी भण्डारीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा राज्य समिति अन्तर्गत महिला विभागकी संयोजक विमला शाहीको प्रमुख आतित्थ्यता रहेकोको थियो । त्यस्तै राज्य समितिका सोहनलाल ओली, नगर सदस्य धनीराम सान्डील्य, दत्तनगर एरिया समितिका लालबहादुर, लुहुरी एरिया समितिका प्रेम घर्ति लगायतले आतिथ्यता एवं मन्तव्य दिनुभएको थियो ।