चंडिगढ । भारतको चंडिगढमा मूल प्रवाहको आयोजनामा आज आईतवार ८ मार्च २०२६ को ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको छ ।
मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडकाले गौरवमय महिला आन्दोलनबाट प्राप्त हक अधिकारलाई वर्तमान व्यवस्थाबाट संरक्षणको परिकल्पना गर्न नसकिने र यो व्यवस्था बदलेर मात्र महिलाहरूले समान हक र न्याय पाउने धारणा राख्नु भयो ।
अर्का अतिथि मूल केन्द्रीय सदस्य खिमराज चालिसेले वर्तमान विषम परिस्थितिमा अनेक प्रकारका अप्ठाराहरू आउन सक्छन् तर हामी यस्ता परिस्थिति शसक्त रुपमा चिर्दै बिचलीत नभई मार्क्सवाद–लेनिनवाद–माओ विचारधाराको रक्षा कवच बन्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूमा मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सह सचिव तेज बहादुर रोका, मूल प्रवाह क्षेत्रीय सदस्य एंव क्षेत्रीय सांस्कृतिक संयोजक जुना भन्डारी चालिसे, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, अखिल भारत नेपाली विधार्थी संघ केन्द्रीय सदस्य नारायण आचार्य, समता विभाग दुर्गा विक, महिला विभाग क्षेत्रीय सदस्यहरू सिमा खड्का, सरस्वता भुसाल, लक्ष्मी अधिकारी, मन्जु बिक, नगर महिला सदस्यहरू निसा सोनी, देवी थापा, सिता खड्का, बिमला पाण्डे, जमुना पाण्डे, तारा ज्ञावली, पार्वती एमसी, मिना बन्जाडे, अमृता शर्मा, लाली बेल्बासे, सिता खत्री लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम जमुना खनालको अध्यक्षता तथा जमुना खड्काको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई स्वागत मन्तव्य मधु सुवेदीले र सांस्कृतिक कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए ।