• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

श्रमिक महिला दिवसको अवसरमा महिला सङ्घको अभिवादन


  •   आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घले एक सय सोह्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शोषितपीडित मुक्तिकामी महिला तथा न्यायप्रेमी जनसमुदायलाई अभिवादन गरेको छ ।

    Advertisement

    अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०८२ फागुन २४ गते (८ मार्च) आइतबारका दिन प्रेसवक्तव्य जारी गर्दै सङ्घले जनताप्रति अभिवादन व्यक्त गरेको हो ।

    वक्तव्यमा सन् १९१० मा जर्मनीको कोपेनहेगनमा सम्पन्न दोस्रो महिला अन्तर्राष्ट्रिय विश्व नारी दिवस मनाउने निर्णय गरेको स्मरण गरिएको छ ।

    अहिले पनि उत्पीडित राष्ट्र र जनताको विरुद्ध साम्राज्यवादले बर्बर युद्ध थोपरिएको सन्दर्भ जोड्दै महिला सङ्घले सम्पूर्ण महिला तथा न्यायप्रेमी जनतालाई त्यसका विरुद्ध आवाज उठाउन अपिल गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “आज ८ मार्च एक सय सोह्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यस अवसरमा नेपाललगायत विश्वभरिका सम्पूर्ण शोषितपीडित मुक्तिकामी महिला तथा न्यायप्रेमी जनसमुदायलाई अभिवादन गर्दछौँ र हृदयदेखि शुभकामना व्यक्त गर्दछौँ ।

    ८ मार्च को इतिहासले हामीलाई दुईओटा विषयसँग अभिन्न रूपले जोडिन्छ : प्रथम महिला मुक्ति आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोडेर अगाडि बढाउनुपर्दछ । दोस्रो महिला आन्दोलनलाई साम्राज्यवादी युद्धको विरोध गर्दै विश्वशान्ति र मानवअधिकारको रक्षाका आन्दोलनसँग जोडेर अघि बढ्नुपर्दछ ।

    सन १९०७ मा समाजवादी महिलाको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले क्लारा जेटकिनलाई सेक्रेटरीमा चयन गर्‍यो । त्यो सम्मेलनले महिलाको पूर्ण मतदानको अधिकारसम्बन्धी प्रस्ताव पारित गर्‍यो । सन् १९१० मा कोपनहेगेनमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले क्लारा जेटकिनले राखेको ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने प्रस्तावलाई पारित गर्‍यो । सम्मेलनले महिलाको मतदानको अधिकार, न्यूनतम ज्याला, आठ घण्टाको काम, आमा र बच्चाको सुरक्षा, समान काममा समान ज्यालालगायतका महत्त्वपूर्ण माग राखेर महिला मजदुरले गरेको आन्दोलनको समर्थन गर्दै यी सबैको प्राप्तिका लागि आन्दोलनलाई सङ्गठित गर्दै अघि बढ्ने निर्णय गर्‍यो भने महिला मुक्ति आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोडेर अगाडि बढाउनपर्नेमा जोड दियो साथै साम्राज्यवादले निम्त्याएको प्रथम विश्वयुद्धको भण्डाफोर गरेका थिए र साम्राज्यवादी युद्धले जनतामा थोपरेको बर्बरताको विरुद्ध आवाज उठाएका थिए ।

    आज सयौँ वर्षपछाडि पनि विश्वभरि नै महिलाले असमानता, बेरोजगारी, गरिबी, हिंसा, बलात्कार, बेचविखन, आदिबाट पीडित छन् । यी सबैका विरुद्धको सङ्घर्ष आजको हाम्रो आवश्यकता हो ।

    अर्कोतर्फ अहिले साम्राज्यवादी युद्ध झन्पछि झन् बढ्दै गइरहेको छ । पछिल्लो समयमा प्यालेस्टाइन, युक्रेन, इरानमाथिको हमला त्यसको ज्वलन्त उदाहरण हुन् । यी सबै साम्राज्यवादी युद्धको विरुद्धमा आवाज उठाउनु संसारभरको क्रान्तिकारी महिलाको कर्तव्य हो । आज ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संसारभरिका न्यायप्रेमी महिलाले साम्राज्यवादी युद्धको पनि विरोध गर्नुपर्ने आवश्यकता देखिन्छ ।”

    आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.