सुरेशकुमार पाण्डे ##
Advertisement
उठ जाग नारीहरू रूढिवादी संस्कार फालौँ ।
अपराधीको सञ्जाल पुँजीवादी संसार फालौँ ।१।
अपमानको भारी बोकी कतिसम्म जिउने हामी ।
मानिसबिचको यो असमानता यो दरार फालौँ ।२।
जगाउनू सारा अपहेलित नारीहरू समाजभित्र ।
लगाऊँ पाखा पुरुषप्रधान यो हतियार फालौँ ।३।
देश रहेपछि गरौँला राजनीतिका कुराहरू हामी ।
आऊ पहिले चिनौँ आफ्नो देशका गद्दार फालौँ ।४।
जोगाऊँ अस्मिता आफ्नो सङ्ष्र्घाको इतिहास ।
जुटेर महिंला र पुरुष दुस्मनको औतार फालौँ ।५।
आऊ संसारभरिका कमेरा वर्गहरू खबरदार गर्दै ।
जन्मेका छन् मुसोलिनी र कतै छन् जार फालौँ ।६।