काठमाडौँ । गुल्मी क्षेत्र नं १ को कालिगण्डकी र चन्द्रकोटकाे मतगणना सुरु भएको छ ।
Advertisement
सर्वदलीय बैठकको सहमतिपछि ११ बजेदेखि मतगणना सुरु गरिएको हो ।
सुरुवातमा कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
मतपेटिका सबै मतदान केन्द्रबाट सदरमुकाम ल्याइसकिएको र सुरक्षा व्यवस्थासहित गणना भइरहेको छ ।
गुल्मीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लाभरि २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख २२ हजार १८६ रहेकोमा खसेको मत ६४ हजार ७८७ थियो ।